गुलरिया १३ साउ (बर्दिया) : जिल्ला प्रहरी कार्यालय बर्दियाको मुल गेटतर्फ रहेको यामाहा सोरुमसगैैंको हुलाकी राजमार्ग छेउमा बिहीबार दिउँसो करिब १२ बजेतिर २ जना मानिसहरु केहि कुरा गरिरहेका हुन्छन् ।
उनीहरु अवधि भाषामा कुरा गरिरहेका थिए । कुरा गर्दा–गर्दै साईकल चोर्न लागे । त्यसै क्रममा स्थानीयबासीहरुले ती दुईलाई नियन्त्रणमा लिए ।
गुलरिया लगायत आसपासका क्षेत्रमा चोरी डकैतीका घटना बृद्धि भएका कारण त्रासमा रहेका बर्दियाबासीले नियन्त्रणमा लिएका ती दुई अपरिचित युवालाई केरकार गर्न थाल्छन् । सोहीक्रममा एक जना युवाको गोजीबाट कटुवा पेस्तोल खस्छ ।
साईकल चोर्न लागेका ती दुई ब्यक्तिमध्ये एकजनाको साथमा कटुवा पेस्तोल भेटाएपछि स्थानीयबासीहरुले तत्कालै प्रहरीलाई खबर गर्छन् । मुस्किलले जिल्ला प्रहरी कार्यालय बर्दियाको कार्यालयदेखि घटनास्थल सम्म पुग्न ३०–४५ सेकेण्ड लाग्छ । तर, खबर पाएर पनि १५ मिनेटसम्म प्रहरी आउँदैन ।
प्रहरी नआएपछि नियन्त्रणमा लिइएका ती युवालाई स्थानीयबासीहरु आफैले जिल्ला प्रहरी कार्यालयमा लगि बुझाउँछन् । प्रहरीलाई बुझाएका ती दुई युवा भारतीय रहेको खुल्छ ।
प्रहरीले अनुसन्धान अगाडी बढाउँदै जाँदा पक्राउ परेका भारतीय ती दुई नागरिकका साथबाट थप एउटा गरि २ थान कटुवा पेस्तोल, ९ राउण्ड गोली, चक्कु तथा नेपाली र भारु गरि केही नगद बरामद हुन्छ ।
स्थानीयले पक्राउ गरेका ती भारतीय नागरिक को हुन् ? कहाँबाट के का लागि आएका हुन् ? उनीहरुको उद्देश्य के थियो भन्ने लगायतका कुरा अझैं पत्ता लाग्न सकेको छैन । यद्यपी प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ परेका दुवैजनाको घटना थामथुम गर्ने प्रयासरत रहेकोछ ।
पक्राउ परेका व्यक्तिहरुबाट कुनै किसिमको परिचय खुल्ने कागजात फेला नपरेपछि उनीहरुको एकिन गर्न अप्ठेरो परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक एव सूचना अधिकारी सूर्य प्रसाद सुवेदीले बताए ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट ती दुई भारतीय नागरिक लुटपाट, चोरी डकैटी लगायतको अपराधिक गतिविधिका लागि आएको हुनसक्ने बताएकोछ । पक्राउ परेका ती दुई युवासंगै अरुपनि हुनसक्ने भन्दै उक्त घटनाको ग्राउण्ड जिरोबाट अनुसन्धान अघि बढाएको बर्दिया प्रहरीले बताएकोछ ।
बर्दियामा केहि समयदेखि लुटपाट, चोरी, डकैती र बलात्कार लगायतका घटनामा बृद्धि भएको छ । बर्दियामा पछिल्लो समय यस्ता अपराधिक गतिविधि बढ्दै गएपछि जिल्लाको शान्ति, सुरक्षामाथि प्रश्न उठ्न थालेकोछ ।
केही समयअघि मात्रै बर्दियाको ओराली बजारमा सुरक्षाकर्मीको गोली लागि युवतीको मृत्यु भएको घटनाले समेत जिल्लाको सुरक्षा चुनौतिपूर्ण रहेको पुष्टि गरेकोछ । नेपाल–भारत क्षेत्रको जंगलमा निउरो टिप्न गएका नेपाली नागरिकमाथि गोली प्रहार र बलात्कार आरोपी थुनुवा कक्षबाटै दिउँसै फरार हुँदा प्रहरीमाथि प्रश्न उब्जिएको हो ।
प्रहरीको लापरबाही तथा जिल्लाको सुरक्षा निकायको सक्रियता फितलो भएका कारण पनि यस्ता खालका घटनामा बृद्धि भएको स्थानीयबासीहरुको भनाई रहेको छ ।
थप समाचार
बर्दिया प्रहरीको चरम लापरबाही : थुनुवा फरारदेखि ओराली बजारको गोली काण्डसम्म सुरक्षा नेतृत्व असफल
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग
आइजिपीमाथि फेरि खनिए खगेन्द्र सुनार
अलमलमा नपर्नुस्, महाधिवेशन १ घण्टा पनि सर्दैन : गगन थापा
जुम्ली स्याउको प्रवर्द्धनमा बाबुराम, गरे यस्तो अपिल