नेपालगन्जमै निर्धक्क काटिन्छ गाई : १६० किलो गाईको मासुसहित दुई पक्राउ


नेपालगन्जमै निर्धक्क काटिन्छ गाई : १६० किलो गाईको मासुसहित दुई पक्राउ

नेपालगन्ज १८ साउन : प्रहरी र प्रशासनको गैरजिम्मेवारीका कारण बाँकेमा गाई काट्ने क्रम रोकिएको छैन । बाँके प्रहरीले १६० किलो गाईको मासुसहित २ जनालाई नियन्त्रणमा लिएपछि बाँकेको नेपालगन्जमै गाई काट्ने क्रम नरोकिएको पुष्टि भएको हो ।

प्रहरीले गौबद्ध हुने क्षेत्रमा निगरानी बढाएको दावि गरिरहँदा १६० किलो गाईको मासुसहित २ जनालाई नियन्त्रणमा लिएपछि बाँकेमा पेसेवर गिरोह गाई काट्ने र मासुको पैठारी गर्ने कार्यमा सक्रिय रहेको तथ्यले प्रहरी र प्रशासनमाथि गम्भीर प्रश्न उठाएकोछ ।

यसअघि गत जेठ १९ गते ईलाका प्रहरी कार्यालय धनौलीले खजुरा गाउँपालिका वडा नम्बर–६ बाट ५ वटा बोरोमा राखेको अवस्थामा २ सय ५० किलो गाईको मासु र ५ जनालाई नियन्त्रणमा लिएको थियो ।

प्रहरीले खजुरा– ६ जनतानगरबाट ३ जना र खजुरा–८ रनियापुरबाट २ जना गरि पाँच जनालाई नियन्त्रणमा लिएको दुई महिना पुग्नै लाग्दा नेपालगन्ज उपमहानगरपालिकाबाट १६० किलो गाईको मासुसहित २ जनालाई प्रहरीले पक्राउ गरेकोछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

प्रहरीले बुधबार राती सवा एक बजे नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– १७ बाट अन्दाजी १६० किलो गाई काटि मासु भाग लगाइरहेको अवस्थामा २ जनालाई नियन्त्रणमा लिन सफल भएको हो ।

पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ निवासी ५३ वर्षिय ओलीउद्दिन जोलाह र ४६ वर्षिय सलाउद्दिन जोलाह छन् ।

ओलीउद्दिनको घरमा गाई काटिएको हो । प्रहरीले ओलीउद्दिनको घरमा गाई काटि भाग लगाइरहेको भन्ने सूचना पाए लगत्तै घटनास्थलमा पुगेको प्रहरीले खानतलासी गर्दा गाईको मासुसहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले बरामद गरेको गाईको मासु खाल्डो खनेर नष्ट गरेकोछ ।

नेपालको कानूनले गौबद्धलाई दण्डनिय भनेकोछ । तर, नेपालगन्जभित्रै निर्वाधरुपमा गाई काटेर खाने र यसको कारोबार गर्नेप्रति सम्बन्धित निकाय गैरजिम्मेवार देखिएकोछ । प्रहरी र प्रशासनको लाचारीले बाँकेमा गौबद्ध गर्ने र गराउनेलाई कारबाही समेत हुने सकेको छैन ।

गाई नेपालको राष्ट्रिय जनावर हो । तर, विभिन्न राजनीतिक दलका नेता तथा पहुँचवालाको मिलोमतोमा बाँकेमा गाई गोरु काटिने क्रम रोकिएको छैन । केही घटना बाहिर आएपनि अधिकांश घटना गुपचुपमै हराउने गरेकोछ ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी मधुसुदन न्यौपानेले जिल्लामा गौबद्ध गर्ने गराउनेमाथि प्रहरीले सुक्ष्मरुपमा निगरानी गरिरहेको दावी गर्छन् । उनको दाविलाई धावा बोल्दै २ निर्वाधरुपमा गाई काटिने गरेकोछ ।

उनले भने –‘जिल्लामा सम्भावित गौबद्ध हुने क्षेत्रमा हाम्रो निरन्तर निगरानी भइरहेकोछ । गौबद्धमा संलग्न जोकोहीलाई यो या त्यो बहानामा उन्मुक्ति पाउँदैन । यसमा तत्काल हामी एक्सन लिन्छौं ।’ प्रहरीले गौबद्ध हुने क्षेत्रमा निगरानी बढाएकै कारण त्यस्ता घटनामा संलग्नलाई कानूनी दायरामा लिन सफल भएको न्यौपानेले दावि छ ।

तर, बाँके प्रहरीको तथ्यांकले पनि कतिपय ब्यक्ति यसअघि नै गौबद्ध मुद्दामा पक्राउ परि धरौटीमा छुटेका र सजाय पाएकाहरु नै पुनः गाई काट्ने र विक्री गर्ने कार्यमा संलग्न भएको देखाउँछ ।

बाँके प्रहरी र सम्बद्ध सरोकारवालाको उदासिनता र मिलोमतोकै कारण बाँकेमा गाई काट्ने घटनाक्रम नरोकिएको हो । पटक–पटक बाँकेमा राष्ट्रिय जनावर काटिनु र गाईको मासु भागबण्डा लगाएर खानु र विक्रीका लागि लैजानुले बाँके प्रहरी प्रशासन र स्थानीय सरकारको धज्जि उडाइरहेकोछ ।

यहाँबाट काटिएका गाई र गोरुका मासु प्याकेजिङ्ग गरि देशका पोखरा, काठमाण्डौं लगायतका ठूला सहरमा विक्री वितरण हुँदै आएकोछ । यतिमात्र होइन केही वर्ष पहिले बाँकेका खजुरा र नरैनापुर क्षेत्रमा काटिएका गाई र गोरुको मासु नेपालगन्जका विभिन्न होटल, रेष्टूराँमा समेत अन्य मासुसंग मिसाएर विभिन्न परिकार बनाई बेच्ने गरेको तथ्य बाहिरीएपछि ठूलै हंगामा भएको थियो ।

पटक–पटक बाँकेमा राष्ट्रिय जनावर काटिनु र गाईको मासु भागबण्डा लगाएर खानुले बाँके प्रहरी प्रशासन र स्थानीय सरकारको धज्जि उडाइरहेकोछ । संविधान र कानूनको अपहेलना भैरहेकोछ । यसका विरुद्ध सम्बद्ध सरोकारवालाले पटकपटक आवाज उठाएपनि बाँकेमा निर्वाधरुपमा राष्ट्रिय जनावर गाई काट्ने र गाईको मासु विक्रि वितरण भइरहेकोछ । भने गाई काट्ने कार्यमा संलग्न ब्यक्तिहरुलाई प्रसय मिलिरहेकोछ ।

संविधान र कानून के भन्छ ?

नेपालको संविधानको धारा ९ को (३) मा नेपालको राष्ट्रिय जनावर गाई भन्ने प्रस्ट लेखिएको छ जस कारण गाईको संरक्षण गर्नु पर्ने हुन्छ । व्यावसायिक र व्यक्तिगत रूपमा पालिएका गाई, गोरुहरू छाडा रूपमा नछाडी व्यवस्थापन गर्ने दायित्व व्यवसायी, समग्र नागरिक र राज्यको हुन्छ । नेपालको संविधानको धारा १६ मा प्रत्येक व्यक्तिलाई सम्मानपूर्वक बाँच्न पाउने हक हुनेछ, धारा २६ मा धार्मिक स्वतन्त्रताको हक भन्ने उल्लेख छ ।
गाई नेपालको राष्ट्रिय जनावर हुनुको साथै हिन्दू धर्म परम्पराअनुसार लक्ष्मी मानी लक्ष्मी पूजामा गाई र गोरु पूजामा गोरुलाई पूजा गरी धार्मिक परम्परालाई निरन्तर रूपमा कायम राखिरहेको अवस्थाछ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा दफा २८९ बमोजिम गाई वा गोरु मार्ने वा कुट्न नहुने, दफा २९० बमोजिम पशुपंक्षीप्रति निर्दयी व्यवहार गर्न नहुने भनी कानूनमा स्पष्ट उल्लेख गरेको छ । त्यसो गरिएको स्थितिमा सो गर्ने व्यक्तिहरूलाई कानूनी कारबाहीको दायरामा ल्याउन सक्ने अवस्था छ ।

संविधान र कानूनी व्यवस्थाको अतिरिक्त पशु कल्याण निर्देशिका, २०७३ को दफा ३(ठ) मा पशुलाई नियतवश वा लापरवाहीपूर्वक गरिएका कार्यहरूलाई पशुप्रति निर्दयी व्यवहार मानिने उल्लेख छ । सो निर्देशिकाको दफा १५ मा पशुको प्रयोग गर्दा कोर्रा, चक्कु, पासो, पीडा दिने, बिरामी वा घाइते पशुको उपचार नगर्ने आदि कार्यलाई निर्दयी कार्य मानेको छ । दफा ४ मा पशुलाई भोक, प्यास र कुपोषण हुन नदिने, डर, त्रास र तनाव दिन नहुने भन्ने निर्देशिकामा उल्लेख छ । सोही ऐनको दफा १४ मा पशुधनीले कामबाट निवृत्त भएका वा वृद्धावस्थामा पुगेका पशुको आवश्यक हेरचाह तथा व्यवस्थापन गर्नुपर्नेछ भन्ने उल्लेख छ । निर्देशिकामा उल्लेख भएको व्यवस्थाको कार्यान्वयन गर्ने दायित्व जिम्मा स्थानीय सरकारको हुन्छ ।

यसरी संविधान, मुलुकी अपराध संहिता तथा पशु कल्याण निर्देशिका, २०७३ समेतले कानूनको रूप लिएको अवस्थामा निर्देशिकामा भएको पशु कल्याणसम्बन्धी व्यवस्थालाई लागू गर्ने र प्रभावकारी लागू गर्नको लागि समय समयमा अनुगमन गर्ने, प्रभावकारी कार्यान्वयन गर्ने कार्यतर्फ अग्रसर भएका छैनन् । नेपालको संविधानले राष्ट्रिय जनावर गाई भनी स्वीकार गरे तापनि फितलो व्यवस्थापन र कानूनबमोजिम जिम्मेवारी निर्वाह नहुँदा पशुअन्तर्गत गाई, गोरु, बाच्छा, बाच्छीहरू मार्ने, काट्ने, मासु खाने र विक्री वितरण भइरहेकोछ ।

थप समाचार

२५० किलो गाईको मासुसहित ५ जना पक्राउ, घटना लुकाउन प्रहरीलाई दवाव

बाँकेमा कहिलेसम्म काटिने राष्ट्रिय जनावर गाई ?

बाँकेमा गाई काट्नेक्रम रोकिएन, ७ किलो गाईको मासुसहित ३ जना पक्राउ