ग्राहकको आइपीएस प्रयोग गरी आफन्तकोमा रकमान्तर गरेको आरोप लागेका शाखाअधिकृत न्यौपाने सम्पर्क विहीन

सम्पर्कविहीन न्यौपाने खोज्दै प्रहरी, बैंक कसुर गरेको देखियो बैंक प्रवक्ता अधिकारी


ग्राहकको आइपीएस प्रयोग गरी आफन्तकोमा रकमान्तर गरेको आरोप लागेका शाखाअधिकृत न्यौपाने सम्पर्क विहीन

गुलरिया (बर्दिया) : ग्राहकको आइपीएस प्रयोग गरी आफन्तकोमा रकमान्तर गरेको आरोपमा सम्पर्क विहिन भएका नेपाल बैंक लिमिटेड गुलरिया शाखाका प्रमुख धवेन्द्र न्यौपाने बैंक तथा आफन्तको सम्पर्कबाट विहिन भएका छन् ।

न्यौपाने करिब ३ महिना अगाडि मात्रै बर्दियाको गुलरियामा रहेको नेपाल बैंक लिमिटेड शाखामा सरुवा भएर आएका थिए ।

सुर्खेतबाट सरुवा भएर आएका न्यौपाने गएको बुधबारबाट कार्यालयको सम्पर्कबाट बाहिरिएको हुन् । नेपाल बैंक लिमिटेडका केन्द्रिय सूचना अधिकारी प्रकाशकुमार अधिकारीकाले बैंकिङ कसुर गरेको देखिएको छ तर, के कति रकम हो वा कसको हो भन्ने बारेमा खुल्न सकिरहेको छैन ।

अनुसन्धानका लागी २ जना कर्मचारी गुलरिया पठाइसकेको हुँदा त्यो रिपोर्ट आए मात्रै कति रकम हिनामिना भएको हो थाहा हुने उनले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

उनले सुर्खेतबाट सरुवा भइ गुलरिया गएका न्यौपानेलाई बुधवार नै सुर्खेतको शाखामा केही गडबडी देखिएपछि सुर्खेत शाखाले उनको मोबाईलमा सम्पर्क गरि कुरा हुदँै गर्दा मोवाइल अफ भएको र आफुहरुले पनि सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको बताए ।

सम्पर्कविहीन भएका न्यौपानेको खोजी कार्यका लागी प्रहरीलाई आग्रह गरिएको उनले जानकारी दिए ।

सुर्खेत र गुलरियामा प्रारम्भिक चरणमा केहि रकम हिनामिना भएको देखिएपनी आन्तरिक रुपमा अनुसन्धान जारी भइरहेकोले अनुसन्धानपछि मात्र सुर्खेत र गुलरियामा के भएको हो थाहा हुने बैंकका सूचाना अधिकारी प्रकाशकुमारले बताए ।

करिब एक हप्तादेखि नै सम्पर्कमा नरहेका न्यौपानेलाई शुक्रवार आफन्तले खोजतलास गरी पाँउ भन्दै जिल्ला प्रहरी कार्यालय बर्दियामा निवेदन दिएको प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए । ‘निवेदन आएकोछ, हामी न्यौपानेको खोजतलासमा जुटेकाछौं’ प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।