कसरी पड्कियो नेपालगन्जमा बम ?


कसरी पड्कियो नेपालगन्जमा बम ?

नेपालगन्जको भृकुटीनगर स्थित बम विस्फोट भएको घर । तस्विर: सेतोखरी

नेपालगन्ज ३० कार्तिक : नेपालगन्जमा चुनावी माहोल तातिएकै छ । गृहमन्त्रालयको अति संवेदनशील सूचीमा परेको नेपालगन्जमा कतिखेर केही हुने हो की भनेर प्रहरी प्रशासन चनाखो भएर बसिनै रहेकोछ ।

सबैले खाना खाने समय भइरहेका बेला बुधबार राति करिब ८ बजेतिर नेपालगन्ज थर्कमान हुनेगरि ठूलो विस्फोटको आवाज आयो । प्रहरी हत्त न पत्त कहाँ विस्फोट भयो भन्दै पत्ता लगाउन थाल्यो । उक्त विस्फोट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१० भृकुटीनगर स्थित जनस्वास्थ्य कार्यालय नजिकै दीवाकर विक्रम मल्लको घरमा बम विस्फोट भएको पत्ता लाग्यो ।

घटना स्थलमा प्रहरी पुग्दा त्यहाँ चिच्चाहट र भागाभागको स्थिती रहेको थियो । सेतोखरी डटकमले दुई साता अघि भारतबाट नेपालगन्जमा चुनावलाई लक्षित गरि हतियार र ठूलो मात्रामा विस्फोटक पदार्थ भित्रिएको समाचार प्रकाशन गरेको थियो । तर, उक्त कुरालाई बाँके प्रहरी र प्रशासनले पत्याएको थिएन । नभन्दै समाचार प्रकाशन भएको दुई साता नवित्दै नेपालगन्जमा बम विस्फोट हुन पुग्यो ।

बाँके प्रहरीका अनुसार प्रेसर कुकर बम विस्फोटनमा विप्लव माओबादीका जिल्ला नेता डिल्ली डिसी र धर्मराज बडुवाल घाईते भएकाछन् । विसीको अवस्था गम्भीर रहेको बाँके प्रहरीले सेतोखरीलाई जानकारी दियो । ती दुवैजना दीवाकर विक्रम मल्लको घरमा तल्लो तलामा भाडामा बस्दै आएका थिए । भने दीवकारको परिवार माथिल्लो तलामा बस्ने गरेको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

बाँके प्रहरीले गरेको प्रारम्भिक अनुसन्धान अनुसार मंसिर ४ गतेको निर्वाचनमा विस्फोट गराउनका लागि ती दुई जनाले कोठामा प्रेसर कुकर बम बनाउँदै गरेका थिए । बम बनाउँदै गर्दा एउटा प्रेसर कुकर बम पड्किन पुगेको र दुई वटा प्रेसर कुकर बम तयारी अवस्थामा रहेको भेटियो । ती दुई वटा प्रेसर कुकर बमलाई नेपाली सेनाले यो समाचार तयार पर्दासम्म डिस्पोज गर्ने तयारी गरेकोछ ।

घाईते दुवैलाई प्रहरीको नियन्त्रणमा उपचार भइरहेको बाँके प्रहरीले जनाएकोछ ।

थप समाचार

नेपालगन्जमा बम विस्फोट, दुई जना घाईते

नेपालगन्जमा अर्को प्रेसर कुकर बम फेला पर्यो

निर्वाचन लक्षित नेपालगन्जमा ठूलो मात्रामा हतियार भित्रियो, हतियार खोज्दै प्रहरी

नेपालगन्जमा अबैध हतियार पड्काउँदा एसपी र सिडिओ भन्छन्– ‘हतियार भित्रिएको छैन’