८६ वर्षको परिपक्क बैंक, नेपाल बैंक लिमिटेड


८६ वर्षको परिपक्क बैंक, नेपाल बैंक लिमिटेड

गुलरिया (बर्दिया) १ मंसिर : आम नेपाली नागरिकलाई थाहा भएको विषय हो, नेपालको पुरानो बैंक कुन हो भनेपछि सहजै उत्तर आउछ नेपाल बैंक लिमिटेड । ८६ वर्षको लामो अनुभव बोकेको यो बैंक अनेकन घुम्तिपार गर्दै यहाँसम्म आइपुगेको छ ।

नेपालको पुरानो बैंकको रुपमा परिचित गराएसगैं ग्राहकका लागी समय परिस्थिति अनुसार परिवर्तन हुँदै सेवा प्रदान गरिरहेको बैंक ८६ औं वर्षमा प्रवेश गरेको छ ।

विसं १९९४ साल कार्तिक ३० गते सोमबार लक्ष्मिपूजाको दिन स्थापना भएको नेपाल बैंक नेपालको समग्र आर्थिक एंव वित्तिय क्षेत्रको एउटा अगुवाको रुपमा रहेको छ । बदलिदो समयलाई आत्मसाथ गर्दै पछिल्ला दिनमा अन्य निजि क्षेत्रका संस्था जस्तै सबल र सक्षम बन्दै गएको छ ।

८६ वर्षअघि स्थापना भएको बैंकको उद्घाटन तत्कालिन राजा श्री ५ महाराजाधिराज त्रिभुवन विरविक्रम शाहदेवबाट भएको थियो । यसको इतिहास हेर्ने हो भने सुरुवाती वर्षमा ८ लाख ४२ हजार चुक्तापुँजि र १७ लाख निक्षेपबाट सुरु भएको बैंकले हालसम्म आइपुग्दा एक खर्ब ९७ अर्ब बराबर निक्षेप संङकलन गरेको छ । यस्तै १ खर्ब ७३ अर्ब ५४ करोड रुपैया बराबरको कर्जा प्रवाह गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीद्वारा सार्वजनिक तथ्यांकले बताउँछ ।

Kids Festival 2022
kanti aarogya hospital
add

बैंकको चुत्ता पँुजि हाल १४ अर्ब ४० करोड रुपैया बराबरको रहेको छ । हरेक वर्ष मुनाफा कमाउदै आएको सो बैंकले जगेडा कोषमा २१ अर्ब ६८ करोड बराबरको रकम रहेको छ ।

कुनै समय खराब कर्जाका कारण समस्यामा फसेको सो बैंकले क्रमश त्यसलाई व्यवस्थापन गरेर हाल वित्तिय परिसूचकका आधारमा नेपालको बैंकिङ क्षेत्रको एउटा सशक्त बैंकका रुपमा उभिएको छ । बैंकमा हाल २३ लाख भन्दा बढि ग्राहक रहेका छन् । समय बदलियो बैंकको नेतृत्व बदलियो सोच र योजना पनि परिवर्तन बन्दै गयो । फलस्वरुपमा नेपाल बैंकले पनि आधुनिक बैंकिङ प्रणाली अवलम्वन गर्न सफल भयो ।

बैंकिङ क्षेत्रमा उपलव्ध सबै प्रकारका सेवा उपलव्ध गराइरहेको सो बैंकले डिजिटल बैंकिङ सेवा पनि प्रदान गरेको छ । देशभर २ सय २६ शाखा मार्फत कारोवार गर्दै आइरहेको सो बैंकको १ सय १९ एटिएम, ५० वटा एक्सटेन्सन काउन्टर सञ्चालन गरिरहेको छ ।

आफनो ८६ औं वार्षिकोत्सवको अवसरमा देशभरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने क्रममा नेपाल बैंक लिमिटेड बर्दियाको गुलरिया शाखाले बृहत रक्तदान गरेकोछ ।

सर्वसाधारण, सञ्चारकर्मी तथा बैंकका कर्मचारीहरु लगायत २० जनाले रक्तदान गरका थिए । नेपाल बैंक लिमिटेडको ८६ औ वार्षिककोत्सवको अवसरमा बर्दियाको गुलरिया शाखाले नेपाल रेडक्रस सोसाइटी बर्दियाको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको बैंकका प्रबन्धक कुश अधिकारीले बताए ।

सेवा ग्राहीलाई संधै भगवानको रुपमा हेर्ने बैंकले वार्षिकोत्सको दिनको पहिलो सेवाग्राहीलाई सम्मान समेत गरेको थियो ।