बाँकेमा निरन्तर गौबध : पेसेवर गिरोह सक्रिय, प्रहरी र प्रशासन उदासिन

थपुवाबाट ५ क्विन्टल गाईगोरुको मासु बरामद


बाँकेमा निरन्तर गौबध : पेसेवर गिरोह सक्रिय, प्रहरी र प्रशासन उदासिन

बाँकेको थपुवाबाट प्रहरीले अटोरिक्सासहित बरामद गरेको गाईगोरुको मासु ।

नेपालगन्ज १० मंसिर: नेपालको कानूनले गौबधलाई दण्डनिय भनेकोछ । तर, बाँकेमा निर्वाधरुपमा गाई काटेर खाने र यसको कारोबार गर्नेप्रति सम्बन्धित निकाय गैरजिम्मेवार देखिएकोछ । बाँके प्रहरीले अन्दाजी ५ क्विन्टल गाई/गोरुको मासुसहित एउटा अटो रिक्सा नियन्त्रमा लिएपछि बाँकेमा गौबधको सिलसिला रोक्न बाँके प्रहरी र प्रशासन असफल भएको पुष्टि भएको छ ।

प्रहरीले गौबध हुने क्षेत्रमा निगरानी बढाएको दावि गरिरहँदा बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर–८ थपुवाबाट शुक्रबार विहान ११ बजे ५ क्विन्टल गाई/गोरुको मासुसहित एउटा अटोरिक्सा नियन्त्रणमा लिएको हो ।

बाँकेको खजुरा गाउँपालिका वडा नम्बर–८ रनियापुरबाट कोहलपुर लैजाने क्रममा भे १ ह ५३८५ नम्बरको अटोरिक्सासहित गाई/गोरुको मासु ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीको टोलिले बरामद गरेको हो ।
१३ वटा बोरामा रहेको बोनलेस र छाला रहित मासु बरामत गरि ईलाका प्रहरी कार्यालय धनौलीले आफ्नो कार्यालय परिसरमा खाडलमा पुरेर नष्ट गरेको छ ।

बेवारिसे अवस्थामा फेला परेको रिक्सा सहितको मासुको बारेमा थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी रामप्रसाद घर्तीमगरले बताए ।

Kids Festival 2022
kanti aarogya hospital
add

‘बरामद गरिएको मासु परीक्षणका लागि ल्याबमा पठाएकाछौं, अटोरिक्सा मालिकलाई खोजिगरिरहेकाछौं’ उनले भने–‘गाई/गोरुको मासु हो वा होइन त्यो परीक्षणपछि प्राप्त रिर्पोटले पुष्टि गर्छ ।’

बाँकेमा पेसेवर गिरोहद्वारा गाई काट्ने र मासुको पैठारी गरिरहँदा प्रहरी र प्रशासनमाथि गम्भीर प्रश्न उठ्दै आएपनि पटक–पटक फेरिने प्रशासन र प्रहरी प्रमुखको गैरजिम्मेवारीका कारण बाँकेमा गाई काट्ने क्रम रोकिएको छैन । जसका कारण प्रहरी र प्रशासनले गौबध गर्ने र गराउनेलाई कारबाही समेत गर्न सकेको छैन ।

यतिमात्र होइन गाईगोरु काटेर मासु नेपालगन्ज र कोहलपुरमा विक्री समेत हुने गरेको यसअघिका घटनाक्रमले पुष्टि गर्छ ।

गाई नेपालको राष्ट्रिय जनावर हो । तर, विभिन्न राजनीतिक दलका नेता तथा पहुँचवालाको मिलोमतोमा बाँकेमा गाई/गोरु काटिने क्रम रोकिएको छैन । केही घटना बाहिर आएपनि अधिकांश घटना गुपचुपमै हराउने गरेकोछ ।
बाँकेका प्रहरी प्रवक्ता एवम डिएसपी रामप्रसादले जिल्लामा गौबध गर्ने, गराउनेमाथि प्रहरीले निगरानी गरिरहेको दावी गरे । सेतोखरीसंग कुरा गर्दै उनले भने –‘गौबध हुने क्षेत्रमा हाम्रो निगरानी भइरहेकोछ । अपराध गर्नेमाथि कारबाही चलाइरहेकाछौं ।’

‘गौबधविरुद्ध प्रहरीको एकल प्रयासले मात्रै हुँदैन, यसमा सम्बद्ध सरोकारवालाहरुले पनि चासो दिनुपर्छ । प्रहरीलाई गौबधको सूचना दिएर सहयोग गर्नुपर्छ’ डिएसपी रामप्रसादले बताए ।

बाँके प्रहरीको तथ्यांकले पनि कतिपय ब्यक्ति यसअघि नै गौबध मुद्दामा पक्राउ परि धरौटीमा छुटेका र सजाय पाएकाहरु नै पुनः गाई काट्ने र विक्री गर्ने कार्यमा संलग्न भएको देखाउँछ । बाँके प्रहरी र सम्बद्ध सरोकारवालाको उदासिनता र मिलोमतोकै कारण बाँकेमा गाई काट्ने घटनाक्रम नरोकिएको हो ।

पटक–पटक बाँकेमा राष्ट्रिय जनावर काटिनु र गाईको मासु भागबण्डा लगाएर खानु र विक्रीका लागि लैजानुले बाँके प्रहरी प्रशासन र स्थानीय सरकारको धज्जि उडाइरहेकोछ । यहाँबाट काटिएका गाई र गोरुका मासु प्याकेजिङ्ग गरि देशका पोखरा, काठमाण्डौं लगायतका ठूला सहरमा विक्री वितरण हुँदै आएकोछ ।

यतिमात्र होइन केही वर्ष पहिले बाँकेका खजुरा र नरैनापुर क्षेत्रमा काटिएका गाई र गोरुको मासु नेपालगन्जका विभिन्न होटल, रेष्टूराँमा समेत अन्य मासुसँग मिसाएर विभिन्न परिकार बनाई बेच्ने गरेको तथ्य बाहिरीएपछि ठूलै हंगामा भएको थियो ।

वर्षौंदेखि बाँकेको खजुरा–रनियापुर क्षेत्रमा गाईको मासु काट्ने र कोहलपुर, नेपालगन्जका होटलहरुमा बिक्रि गर्ने गरेको स्थानीय बताउँछन् । गाई/गोरु दैनिक काटिने तर, कारवाही केहि नहुँदा यो समस्या नरोकीएको स्थानीय बताउँछन् । गाउँमा यसको विरुद्ध बोल्न पनि डर छ त्यसैले कोहि केहि भन्दैनन् ।

संविधान र कानूनविरुद्ध गौबध विरुद्ध सम्बद्ध सरोकारवालाले पटकपटक आवाज उठाएपनि बाँकेमा निर्वाधरुपमा राष्ट्रिय जनावर गाई काट्ने र गाईको मासु विक्रि वितरण भइरहेकोछ । भने गाई काट्ने कार्यमा संलग्न ब्यक्तिहरुलाई प्रसय मिलिरहेकोछ ।

थप समाचार

नेपालगन्जमै निर्धक्क काटिन्छ गाई : १६० किलो गाईको मासुसहित दुई पक्राउ

बाँकेमा कहिलेसम्म काटिने राष्ट्रिय जनावर गाई ?

२५० किलो गाईको मासुसहित ५ जना पक्राउ, घटना लुकाउन प्रहरीलाई दवाव

बाँकेमा गाई काट्नेक्रम रोकिएन, ७ किलो गाईको मासुसहित ३ जना पक्राउ