सर्वोच्चबाट रेशम चौधरीको जन्मकैदको सजाय सदर


सर्वोच्चबाट रेशम चौधरीको जन्मकैदको सजाय सदर

File Photo

नेपालगन्ज २ जेठ : टिकापुर घटनाका दोषी रेशम चौधरीलाई जन्मकैदको सजाय हुने उच्च अदालत दिपायलको फैसला सर्वोच्च अदालतले पनि सदर गरेको छ । सर्वोच्चका न्यायाधीशद्वय डाक्टर आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जन्मकैदको सजाय हुने फैसला गरेको हो ।

२०७२ भदौ ७ गते कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी जन्मकैदको सजाय काटिरहेका छन् । उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

उच्च अदालतको फैसलाविरुद्ध चौधरीले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । उक्त मुद्दा सोमबार नियमित सुनुवाइका लागि पेशी तोकिएको थियो । न्यायाधीशद्वयको इजलासले मुद्दाको सुनुवाइ नसकिएपछि मंगलबार समेत त्यसलाई निरन्तरता दिएको हुन् ।

मंगलबार इजलासले चौधरीविरुद्ध उच्च अदालतको फैसला मिलेकै देखिएकाले जन्मकैदको फैसला सदर हुने ठहर गरेको सर्वोच्चका प्रवक्ता विमल पौड्यालले जानकारी दिए । चौधरीले यो मुद्दामा २० वर्ष कैद सजाय पूरा गर्नुपर्नेछ ।

Kids Festival 2022
kanti aarogya hospital

यो मुद्दामा जिल्ला अदालत कैलालीले तीन वर्ष कैद सजायको फैसला गरेका चौधरीलाई पनि उच्च अदालत दिपायलले जन्मकैदको सजाय तोकेको थियो । सर्वोच्चले उनलाई भने जन्मकैद नहुने र जिल्ला अदालतकै फैसला अनुसार ३ वर्षमात्र कैद सजाय हुने ठहर गरेको छ ।

सर्वोच्चले यही घटनामा सीताराम चौधरी र गंगाराम चौधरीलाई भने सफाइ दिएको छ । उच्च अदालत दिपायलले उनीहरुलाई जन्मकैद र ज्यान मार्ने उद्योगको आरोपमा ५÷५ वर्ष कैद सजाय हुने फैसला गरेको थियो ।
सर्वोच्च अदालतले संक्षिप्त फैसलामा भनेको छ, ‘अरु प्रतिवादीहरुको हकमा अभियोग दावीबाट सफाई पाउँ भन्ने पुनरावेदन जिकिर पुग्न सक्दैन ।’

थप समाचार

मुलुकी अपराध संहिता ऐन विरुद्ध रेशम चौधरी लगायतलाई छुटाउन सरकारले ल्यायो अध्यादेश

सांसद रेशम चौधरीसहित ११ जनालाई जन्म कैद

सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

जेलमा रहेका रेशम चौधरीको पार्टीका उम्मेदवार टिकापुर मेयरमा निर्वाचित

बर्दियाको २ वटै निर्वाचन क्षेत्रमा रेशम चौधरीको पार्टीको अग्रता

जेलबाटै रेशम चौधरीले गराए बर्दिया–२ बाट मनोनयन दर्ता