नेपालगन्ज १७ असार : नेपाल प्रेस युनियनले आज सोमबार (असार १७ गते) नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालयदेखि प्रदेश समिति र सबै शाखा कार्यालयहरुमा धर्ना दिने भएको छ । युनियनका अध्यक्ष शिव लम्सालको अध्यक्षतामा बसेको केन्द्रिय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
यो पनि पढ्नुहोस् नेपाल पत्रकार महासंघ बाँकेमा तालाबन्दी
यो पनि पढ्नुहोस् सदस्यता नटुंग्याई अघि नबढ्न पत्रकार महासंघलाई युनियनको चेतावनी
यो पनि पढ्नुहोस् पत्रकार महासंघको चुनाव : हेर्नुहोस् बाँकेका को–को छन् मतदाता (सूचीसहित)
महासंघको केन्द्रिय कार्यालय, प्रदेश समितिका कार्यालय र शाखाहरुमा एकै पटक सोमबार बिहान ११ बजेदेखि १ बजेसम्म धर्ना दिने कार्यक्रम तय गरेको नेपाल प्रेस युनियनका महासचिव दिलीप पौडेलले सेतोखरीलाई बताए ।
यो पनि पढ्नुहोस् सदस्यता विवादकाबीच नेपाल पत्रकार महासङ्घको निर्वाचन कार्यतालिका सार्वजनिक
यो पनि पढ्नुहोस् महासचिवका कारण पत्रकार महासंघमा भाडभैलो
यो पनि पढ्नुहोस् चुलियो पत्रकार महासंघ सदस्यता विवाद : कडा प्रतिकारमा उत्रिने युनियनको चेतावनी
पत्रकार महासंघले आफ्नै संरचना शाखा र प्रदेशले सिफारिस गरेका सदस्य काटेर, चोर बाटोबाट सदस्य थप गरी मतदाता नामावली सार्वजनिक भए पछि प्रेस युनियनले पत्रकार महासंघको केन्द्रिय कार्यालयमा तालाबन्दी गरेर आन्दोलन सुरु गरेको थियो ।
बार्ता र आन्दोलन सँगसँगै लैजाने नीति अनुरुप धर्ना दिन लागिएको महासचिव पौडेलले जानकारी दिए ।
यो पनि पढ्नुहोस् पत्रकार महासंघले भन्यो ‘चुनावको वातावरण निर्माणका लागि सबै संवेदनशील बनौँ’
प्रेस युनियनले महासंघको विधान विपरित थपिएका गैर पत्रकारलाई सदस्यबाट हटाउनुपर्ने, महासंघकै शाखा, प्रदेशले सिफारिस गरेका र सदस्यता लिने मापदण्ड र योग्यता पुगेर आवेदन दिएका सदस्यको सदस्यता कायम गर्न माग गर्दै आन्दोलन गर्दै आएको छ ।
यो पनि पढ्नुहोस् तालाबन्दी आवरणमा नेता पत्रकारहरूको पद लोलुपता र स्वार्थको रोइलो
यो पनि पढ्नुहोस् कान्तिपुर र लैनचौर ‘मुभ’ हुँदा युनियनमा भाँडभैलो
नेपालगन्ज उद्योग वाणिज्य संघको अध्यक्षमा ओली, अरु को-को निर्वाचित भए?
अपराधका अखडा बन्दै काठमाडौंका होस्टेलहरू
बञ्चरेडाँडा- काठमाडौंकाे फाेहाेर थुपारिरहने कि, मान्छे बसाउने?
सैन्य पहरामा परिवारसहित मुस्ताङ मुस्ताङ घुमघाममा प्रधानमन्त्री
मन्त्रीकै अध्यक्षतामा भइरहेकाे कार्यक्रमबाट रिसाएर हिँडिन् सांसद आशिका
आइजिपीसँग एक्लै भिडिरहेका सांसद खगेन्द्र