File Photo
बर्दिया : कोरोना भाइरस संक्रमणका कारण सिर्जित असहज परिस्थितीमा लामो समयदेखि बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएकोछ ।
बर्दिया राष्ट्रिय निकुञ्जले कोरोना भाइरसका कारण करिब ८ महिनादेखि बन्द रहेको निकुञ्जलाई खुला गरेको हो । यो सगैं निकुञ्ज खुला भएसगैं अब पर्यटकले जंगल सफारी र जंगल वाकको आनन्द लिन पाउनेछन् ।
विश्वव्यापि रुपमा फैलिएको कोरोना भाइरसका कारण स्वास्थ्य सुरक्षा संवेदनशिलतालाई मध्यनजर गर्दै गएको चैत्र ७ गते बाट पर्यटनका लागी बन्द गरिएको निकुञ्जलाई कार्तिक १ गते देखि खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।
निकुञ्जले कार्तिक १ गतेदेखि जंगली सफारी र जंगल वाक खुला गरेको छ । यद्यपी केहि शर्तहरु पनि राखेको प्रमुख संरक्षण अधिकृत श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपाल सरकारले तोकेको स्वास्थ्य मापदण्डको पूर्णरुपमा पालना गर्नु पर्ने, निकुञ्ज प्रवेश गर्दा अनिवार्य रुपमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्नुपर्ने, एक आपसमा भौतिक दूरी कायम गर्नुपर्ने, जङ्गगल सफारी तथा जङ्गगलमा जाँदा अनिवार्य रुपमा नेचरगाइट साथमा हुनु पर्ने लगायत ९ वटा शर्तहरु पालना गरे बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण गर्न पाइने भएको छ ।
यसैविच करिब सात महिनापछि पर्यटनका लागी खुला गरिएको निकुञ्जमा अब आन्तरिक पर्यटन आकर्षित हुने बर्दिया राष्ट्रिय निकुञ्जका पुर्व वार्डेन तथा उज्यालो नेपाल संंस्थाका अध्यक्ष रमेश थापा बताउँछन । साथै उनले राजस्व बृद्धि हुनुको साथै चोरी शिकारी न्यूनिकरण हुने बताए ।
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी