बर्दिया : विकास प्रेमी युवा समुह बर्दियाले अति विपन्न एक परिवालाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरेको छ । बर्दियाको गेरुवा गाउँपालिका—६ निवासी अतिविपन्न शुबलाल खत्रीको परिवारलाई समुहको तर्फबाट खाद्यान्न तथा लत्ताकपडा वितरण गरिएको बिकास प्रेमी युवा समुह गेरुवा गाउँपालिकाका अध्यक्ष प्रकाश नेपालले जानकारी दिए ।
कोरोना भाइरसको महामारी तथा त्यसबाट उत्पन्न असहज परिस्थितिमा जिविकोपार्जन गर्न समस्या भोक्दै आएका खत्री परिवारलाई समुहले सहयोग गरेको अध्यक्ष नेपालले बताए ।
स्थानीय तहको आँखा नपुगेको स्थानमा पुगी अति विपन्न वर्गका लागी सो सामाग्री हस्तान्तरण गरिएको बताउँदै अध्यक्ष नेपालले आगामी दिनमा पनि यसखाले सहयोगलाई निरन्तरता दिने जनाए ।
खत्रीको परिवारलाई अझै पनि सहयोगको आवश्यकता रहेको छ । अध्यक्ष नेपालले भने– कोरोना भाइरसबाट संक्रमणबाट बच्न र बचाउनका लागी अनिवार्य मास्कको प्रयोग गरौं भन्ने सन्देश दिदै समुहले ४ हजार थान मेडिसिन मास्क वितरण गरिएको जानकारी दिए ।
देश-विदेशबाट जुटेका ७ हजार २५५ प्रतिनिधिले चुन्दैछन् आज काँग्रेसको नेतृत्व
लुम्बिनी सरकारका निर्णय: अर्थ मन्त्रालयमा निमित्त सचिव, मेसुको राजीनामा स्वीकृत
चोलेन्द्र र उनका नातेदारको घरमा सम्पत्ति शुद्धीकरण विभागको छापा
गगनले भनेपछि उम्मेदवारी फिर्ता लिए राठौरले
सभापति, उपसभापति र महामन्त्रीदेखि सदस्यहरूसम्मै लुम्बिनीको बर्चश्व
रुकुम पश्चिम : वडाअध्यक्षलाई हिरासतमै कुटपिट पछि विवादमा तानियो प्रहरी