पशुपंक्षि उपचारका लागि पालो कुर्दै बारबर्दियाका किसान । तस्विर : दीपक शर्मा /सेतोखरी
बर्दिया २२ माघः बर्दियाको बारबर्दिया नगरपालिकामा एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
बारबर्दिया नगरपालिकाका पशु शाखाको आयोजनामा भएको एक दिने पशु स्वास्थ्य शिविरमा विभिन्न रोगको पशु स्वास्थ्य उपचार, गर्भ परीक्षण, कृतिम गर्भाधारण, बन्ध्याकरण र परिजिवि विरुद्धको औषधि खुवाउने साथै प्राविधिक सल्लाह पनि प्रदान गरिएको पशु सेवा शाखा अधिकृत दीपकराज थापालले जानकारी दिए ।
एक दिने पशु स्वास्थ्य शिविरको उद्घाटनमा पशु सेवा शाखाका प्रमुख सुमनकुमार दत्त, बारबर्दिया नगरपालिकाका आर्थिक विकास समितिका संयोजक दुर्गाबहादुर विश्वकर्मा ‘अविरल’, वडा नम्बर–७ का वडाध्यक्ष रामलाल थारु, एकिकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका पशु विकास अधिकृत डाक्टर सुमन खनाल, गुलरिया नगरपलिका पशु शाखाका प्रमुख महन्थी यादव सहित अन्य प्राविधिकहरुबाट सेवा प्रवाह गरिएको थियो ।
बारबर्दिया नगरपालिका वडा नम्बर–७ रम्मापुरमा आयोजना गरिएको पशु स्वास्थ्य शिविरमा एक हजार ४ सय ९१ वटा पशुलाई उपचार सेवा प्रदान गरिएको थियो । जसमा गाई गोरु ६४, भैसी, राँगा २ सय ६, भेडा, बाख्रा ४ सय ५५, कुखुरा ६ सय ९०, बंगुर ५८, क्रृतिम गर्भाधान ७, गर्भ परीक्षण ७, बोका बन्ध्याकरण ३६ र बहर १ सेवा प्रदान गरिएको थियो भने कृषक सहभागी २ सय ७ जनलाई प्राविधिक सल्लाह प्रदान गरिएको थियो । सो शिविरबाट बारबर्दिया नगरपालिका वडा नम्बर–७, ८, ९ लगायतक अन्य पायक पर्ने किसानले समेत फाइदा लिएका थिए ।
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति
काँग्रेस १५ औं महाधिवेशन: आजदेखि बन्दशत्र, निर्वाचनका कार्यक्रम सुरु
तिलोत्तमाको चक्रहवा जंगलमा प्रहरीले चलाएको ३८ घण्टाको त्यो अपरेशन
शेरबहादुर दाइका लागि कुर्सी खाली नै छ, गगन थापाले अरु के के भने?