हाम्रो शेयर बिक्री गर्यौं , अब सुनिल जी ले ब्यवस्थापन हेर्नुहुन्छ : डा. कनोडिया
नेपालगन्ज ५ साउन : नेपालगन्ज मेडिकल कलेज अन्ततः बिक्री हुन पुगेकोछ । विराटनगरका सुनिल शर्माले नेपालगन्ज मेडिकल कलेज खरिद गरेका छन् ।
उक्त कलेज विगत एक वर्षदेखि नै शर्माले खरिद गर्ने हल्ला चल्दै आएको थियो । नेपालगन्ज मेडिकल कलेज खरिद गर्ने शर्मा नोबेल मेडिकल कलेज र केएमसी मेडिकल कलेजका मालिक हुन् ।
नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डाक्टर सुरेश कुमार कनोडियाले मेडिकल कलेज बिक्री भएको बताए । ‘मेडिकल कलेजमा रहेको हाम्रो शेयर बिक्री गरिसक्यौं, अब कलेज सुनिल जी ले चलाउनुहुन्छ’ प्रबन्ध निर्देशक डाक्टर कनोडियाले भने । नेपालगन्ज मेडिकल कलेजमा कनोडिया ग्रुपको बर्चश्व शेयर रहेको थियो ।
मेडिकल कलेजमा राजनीति गर्ने, काम नगर्ने र हाजिर लगाएर जागिर खाँदै आएका कर्मचारीहरु अब सुनिल शर्माको ब्यवस्थापनले तह लाग्ने प्रबन्ध निर्देशक डाक्टर कनोडियाले बताए । कलेजमा आवश्यकता भन्दा बढि कर्मचारी रहेको र कर्मचारी कटौती गर्नु पर्ने स्थिती रहेको पनि उनले बताए ।
नेपालगन्ज मेडिकल कलेज खरिद कर्ता सुनिल शर्माले पहिलो चरणमा हाजिर लगाएर काम नगरि बस्ने, प्रशासन प्रमुख, स्टोर प्रमुख, ब्यवस्थापन प्रमुख लगायतका मुख्य ईन्चार्जहरु परिर्वतन गरि काठमाण्डौंबाटै नयाँ कर्मचारी ल्याउन लागिएको श्रोतले जनाएकोछ ।
नेपालगन्ज मेडिकल कलेज पश्चिम नेपालको उपचार र मेडिकल अध्ययनका लागि केन्द्र मानिन्छ । करिब १४ सय कर्मचारी रहेको नेपालगन्ज मेडिकल कलेजमा भारत, बङ्गलादेश लगायतका देशबाट मेडिकल अध्ययन गर्न आउने गर्छन् ।
आधा दशकदेखि बिक्रीको हल्लामा रहेको नेपालगन्ज मेडिकललाई अन्ततः सुनिल शर्माले किनि भ्याए ।
मेडिकल कलेज बिक्रीको हल्लाले कर्मचारीहरु आतंकित भएका छन् । सेतोखरीसंगको कुराकानीमा कर्मचारीहरु गफिदै भने ‘कसको जागिर कतिखेर जान्छ ठेगान छैन । हाम्रो पनि जाने त होला । नयाँ ब्यवस्थापन कडा छ रे, यस्तो अवस्थामा के काम गराई होला ।’
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल किन चलेन? पर्यटनमन्त्री भन्छन्, ‘लोड नपुगेर’
गगनमा उत्साह, देउवालाई दबाव
संविधानमा लेखिएका प्रदेश र स्थानीय सरकारका अधिकार देऊ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशमा दुई दिन संविधान दिवस
विद्यार्थी भिसामा अष्ट्रेलियाको नयाँ र कडा नियम : नेपालीलाई कस्तो प्रभाव पर्छ?