पर्यटकका लागि सीमानाका खुला गर्न माग


पर्यटकका लागि सीमानाका खुला गर्न माग

नेपालगन्ज १२ भदौ : नेपाल आउने पर्यटकहरुका लागि सीमानाका खुला गर्न व्यवसायीहरुले माग गरेका छन् । कोरोनाले उद्योग, व्यापार, व्यवसाय लगायतका क्षेत्र ठप्प भएको एक वर्ष भन्दा बढि भइसकेको छ । यस्तो अवस्थामा होटेल, व्यापार, व्यवसायहरु विस्तारै खुल्न थालेका छन् ।

अर्बौ लगानिमा सन्चालनमा रहेका नेपालगन्जका होटेलहरु छिमेकी मुलुक भारतबाट आउने यात्रुहरुको पर्खाइमा छन् । नेपालको सिमासंग जोडिएका भारत र चिनमध्य यहाँ आउने अधिकांश पर्यटकहरु भारतीय रहेका छन् । तर, कोरोनाको संक्रमण बढ्ने डरले सरकारले नै उनीहरुलाई नेपाल प्रवेश गर्न दिइरहेको छैन । यसले गर्दा यस क्षेत्रको पर्यटन क्षेत्र ओझेलमा परेको व्यवसायीहरुको भनाई छ ।

‘ठाँउ–ठाँउमा नेताहका सभा सम्मेलन भइरहेका छन्, कार्यक्रम गोष्ठि भइरहेका छन् । त्यसमा सरकारले रोक लगाएको छैन । तर, पैशा खर्च गर्न आउने चाहानेलाई सरकारले सीमाबाट आउनै दिएको छैन्’ होटेल व्यवसायी संघ लुम्बिनी प्रदेश अध्यक्ष भाष्कर काफ्लेले भने– ‘जब भारतीय गाडी नेपाल भित्रीयो कि मोटो ‘मुर्गा’ देख्ने प्रहरी प्रसाशनको प्रचलन छ यसलाई हटाउनुपर्छ ।’

‘प्रहरी मेरो साथी’ र ‘मुस्कान सहितको सेवा’ भन्ने नारा बोकेको भएपनि प्रहरीले यसको कार्यान्वयन नगरेको उनको दुःखेसो छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

केहिदिन अघि नेपालगन्जको एक रिसोर्टमा आएका भारतीय यात्रुहरुलाई प्रहरीले लखेटेको स्थानीयले बताएका छन् । कतै रकम लिएर छोड्ने गरेको समेत पाइएको छ ।

भारतबाट आएका पर्यटकहरुबाट प्रहरीले रकम असुल्दै आएको पाइएको छ । यस्तै घटना सुनाउदै नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवल शम्शेर राणाले भने ‘मसंग भएको भारतीय गाडीमा चढेर काठमाण्डौ जाँदै थिए । कपडा पनि कुर्ता लगाएको थिए । प्रहरीले ठाँउ ठाँउमा रोकेर रकम माग्यो ।’ आफूसंग प्रहरीले ५० रुपैयाँ पनि मागेको मेयर राणाले बताए । उनले अगाडि थपे –‘परिचयमा राणा भनेपछि ठुलै मान्छे सम्झेछ कि क्या हो, कापि कलम नभएर पैशा मागेको भन्यो ।’ प्रहरीले भारतीय पर्यटकलाई गर्ने व्यवहार परीवर्तन गर्नुपर्ने उनको भनाई छ ।

नेपाल प्रवेश गर्न वित्तिकै भारतीय पर्यटकहलाई ठाँउ–ठाँउमा चेक गर्दै दुःख दिने गरेको पाइएको छ । भारतबाट नेपाल आउने प्रर्यटकका लागि सीमाबाट प्रवेश गर्दा ग्रिन स्टिकर लगाइदिने र उनीहरुलाई सहजरुपमा हिड्ने वातावरण मिलाउनुपर्ने उनको भनाई छ ।

बाँकेको पर्यटन व्यवसाय चलायमान बनाइराख्नका लागि आफू प्रतिबद्ध रहेको बताउदै मेयर राणाले पर्यटक नेपाल भित्राउनका लागि आन्दोलन गर्न तयार रहेको बताएका छन् ।

रातको समयमा आइपुग्ने यात्रुहरुका लागि सीमामै बस्नका लागि व्यवस्था गर्न लागिएको उनले जानकारी दिए । यसका साथै भारतबाट आउने यात्रुहरुको अभिलेख राख्नुपर्ने उनको भनाई छ । घुम्नकै लागि आएका पर्यटकहरुलाई नेपालमा लामो समय बस्नका लागि प्रेरीत गर्ने खालका कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको के खनाल होटेलका सञ्चालक दिवाकर खनालले बताए ।

पर्यटकीय क्षेत्र राराताल, मानसरोवर जानका लागि भारतीय पर्यटक नेपालगन्जमा आउने गरेका छन् । त्यस्तै, नेपालगन्जबाट पोखरा जानका लागि हवाई रुट सञ्चालनमा आइसकेको छ । यस्तो अवस्थामा पनि सरकारले सीमा खुला नगरेको भन्दै बाँकेका व्यवसायी रुष्ट भएका हुन् ।

कोरोनाको जोखिम कायमै रहेकाले सीमानाका खोल्न नसकिएको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए । तेश्रो लहरको कोरोना संक्रमण आउँदै गरेको सुनिएको अवस्थामा तत्काल नाका खुला गर्न नसकिने उनको भनाई छ ।

बाँकेमा पुनः कोरोना संक्रमणदर उकालो लागेकाले निषेधाज्ञा लागु गर्नुपर्ने अवस्था आउन सक्ने भएकाले सचेत रहन उनको आग्रह छ ।