संस्थागत भ्रष्टाचार हुँदा पनि बोल्न सकिदैन : ठाकुरबाबा नगर उपप्रमुख थारु

नगर प्रमुखले निर्वाचनको लागी ‘फन्ट कलेक्सन गर्दै’


संस्थागत भ्रष्टाचार हुँदा पनि बोल्न सकिदैन : ठाकुरबाबा नगर उपप्रमुख थारु

बर्दिया १९ भदौ : बर्दियाको भुरीगाउँ बजार पुर्वपश्चिम राजमार्गसंग जोडिएको छ । यो बजारमा नेपालगन्जमा पाइने सबै सामान पाउन सकिन्छ । तर, नगरपालिकाले कमिसनको लोभमा नेपालगन्जबाट आवश्यक सामाग्री ल्याउने गरेको रहस्य बाहिरिएको छ ।

यो कुनै व्यापारी वा सर्वसाधारण नागरिकले नगरपालिकालाई लगाउने गरेको आरोप होइन । ठाकुरबाबा नगरापलिकाका उपप्रमुख कृष्णा कुश्मा थारुले नगरपालिकाले आयोजना गरेको वार्षिक कार्यक्रमको समिक्षा र सार्वजनिक सुनुवाई कार्यक्रमा यो रहस्य सार्वजनिक गरेकी हुन् ।

गएको वर्ष नगरपालिकाले गरेका कार्यहरुको विषयमा पत्रकारलाई अनुगमन गराइसकेपछि आयोजना गरिएको कार्यक्रममा थारुले नगरपालिका भित्र सस्थागत भ्रष्टाचार भैरहेको भएपनि आफुले केहि गर्न नसकेको भन्दै दुःख व्यक्त गरिन् ।

उनले अगाडी थपिन–‘कमिसनको कारण भुरिगाउँ बजारमा पाइने सामानलाई बढि मुल्यमा नेपालगन्जबाट खरिद गरि ल्याइने गरेको छ ।’ नगरपालिका स्रोतका अनुसार नगरप्रमुख घननारायण श्रेष्ठ, लेखा अधिकृत युवराज अधिकारीसहित केहि कर्मचारीको सहमतिमै आगामी निर्वाचनका लागी ‘फन्ट’ संकलन गर्ने उद्देश्यले नगर प्रमुखकै प्रस्तावमा भुरीगाउँ बजारमा पाइने सामान नेपालगन्जबाट ल्याइने गरिएको हो ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसले नगर प्रमुखले आगामी निर्वाचनलाई मध्यनजर गर्र्दै चुनवि खर्च कलेक्सन गर्न लागेको हो भनेर सोझै अनुमान गर्न सकिन्छ ।

कुरा यतिमा मात्र सिमित रहदैन ठाकुरबाबा नगरापालिकामा करारमा कर्मचारी नियुक्ती गर्दा आफ्नै मान्छे वा कार्यकर्तालाई पहिलो प्राथमिकता दिइने गरिएको छ । अझ यसका लागि घुस लिएर राख्ने तथा कार्यकर्ता भर्ती केन्द्र बनाइएको गरिएकोछ ।

नगरपालिकाकाले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्ने, सार्वजनिक निर्माण वा खरिदमा अनियमितता गर्ने, झुटा विवरण पेस गर्ने, गलत लिखित वा प्रतिवेदन दिने, कागजात सच्याउने वा नोक्सान गर्ने, गैर कानूनी सम्पत्ति आर्जन गर्ने, राजस्व चुहावट गर्ने जस्ता भ्रष्टाचार प्रबृत्ति अधिक रहेको स्थानीयबासीहरुको दावि रहेकोछ ।

साथै योजना निर्माणदेखि कार्यान्वयनको तहसम्म पुग्दा कर्मचारी तथा पदाधिकारीको मिलेमतोमा यस्ता खालका गतिविधि भैरहेको वार्षिक समिक्षा कार्यक्रममा उपप्रमुख थारुले कुरा उठाएपछि अहिले बर्दिया तरगिंत भएको छ ।

ठाकुरबाबा उद्योग बाणिज्य संघका अध्यक्ष गोविन्द आचार्यले नगरपालिकाले स्थानीय व्यापारीहरुलाई प्राथमिकता नदिएको बताए ।

उनले अगाडी थपे–‘नेपालगन्जमा पाइने सामाना भुरिगाउँमा पनि पाइने भएतापनि नगरपालिकाले १ रुपैयाँ महगों भो भन्दै भुरिगाउँ बजारमा पाइने मूल्य भन्दा अझ बढि मुल्य तिरेर नेपालगन्जबाट खरिद गरेको पाइएको हुँदा यस विषयमा आफुहरुले पटक–पटक ध्यानाकर्षण गराउँदा पनी सुनुवाई नभएको बताए ।’

यता ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी रिजालले कुनै पनि सामान खरिद गर्दा दरभाउ अनुसार नै खरिद गर्ने गरिएको दावि गरे । उनले भने यस्ता सामान खरिदका लागि प्रकाशित गरिएको सूचनाको बोधार्थ उद्योग बाणिज्य संघलाई पठाइने गरिएको बताए ।

भुरिगाउँ बजारका व्यापारीले बढि मूल्य र नेपालगन्ण्जका व्यापारीले कम मूल्य राखेपछि बाध्य भएर नेपालगन्जबाट सामान ल्याउनु परेको उनको दावि छ । तर, जे जस्तो भएपनि स्थानीय व्यापारीहरुले नगरपालिकालाई कर तिरिरहेका छन् । एक रुपैयाँ व्यापारीले नाफा खानु भन्दा नेपालगन्ज जाँदा–आउँदा ईन्धन खर्च लगायत आवश्यक सामाग्री भन्दा बढिको बील मिलाएर कमिशन खाने गरेको पाइएकोछ ।