बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला, ब्यवसायी उत्साहित


बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला, ब्यवसायी उत्साहित

File Photo

नेपालगन्ज १ असोज : बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएकोछ ।

कोभिड–१९ का कारण लामो समयदेखि बन्द गरिएको बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबार(आज)बाट पर्यटकका लागि खुला गरिएको हो । योसंगै निकुञ्ज प्रवेशमा आन्तरिक तथा बाह्र पर्यटकले अनुमति पाएका छन् ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षक अधिकृत विष्णुप्रसाद श्रेष्ठका अनुसार निकुञ्ज खुला गरिएपनि कोभिडको संक्रमण अझै हटिनसकेकाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न लगाएर निकुञ्ज प्रवेश खुला गरिएको हो ।

निकुञ्जका प्रमुख संरक्षक अधिकृत श्रेष्ठका अनुसार निकुञ्जमा जङ्गल सफारी, ¥याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यस्तै पर्यटकले निकुञ्ज प्रवेश गर्दा मास्क अनिवार्य लगाउनुपर्ने, सफारी गर्दा जीपमा भौतिक दूरी कायम गरेर बस्नुपर्ने, पैदल अवलोकन गर्दा एउटा पथ प्रदर्शकसहित तीन जना मात्र जान पाउने लगायतका मापदण्ड अवलम्बन गरिएको छ ।

हाल देशभर कोरोना भाइरस संक्रमणको अवस्था अस्थिर जस्तै रहेकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पुनः निकुञ्ज बन्द गर्न सकिने निकुञ्जका प्रमुख संरक्षक अधिकृत श्रेष्ठले बताए ।

चाडबाड नजिकिएसंगै विस्तारै सबै क्षेत्र पुनः पुरानै लयमा फर्किन थालेको छ । निकुञ्ज खुला गरिएसंगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल हुने भएपछि निकुञ्ज आसपास रहेका होटल, कटेज र होमस्टे ब्यवसायी समेत उत्साहित बनेकाछन् । कोरोनाका कारण निकुञ्ज आसपासका ब्यापार ब्यवसाय लगभग बन्द जस्तै रहेको थियो ।