दोषीलाई कारबाही र उचित क्षतिपूर्तीको माग गर्दै ईलाका प्रहरी कार्यालय घेराउ गर्दै मृतकका परिवार र स्थानीयबासी । तस्विर :दीपक शर्मा /सेतोखरी
गुलरिया (बर्दिया) २० माघ : स्थानीय प्रशासनको लापरबाहीका कारण टिप्परको ठक्करबाट ज्यान गुमाएका ब्यक्तिको दुई दिन वित्दा पनि दाहसंस्कार हुन सकेन । भने नेपालगन्ज–गुलरिया सडक सञ्चालनमा आउन नसक्दा बर्दिया तनावग्रस्त बन्न पुगेकोछ ।
मृतकका आफन्त तथा स्थानीयबासीले चालकलाई कडा कारबाही र उचित क्षतिपुर्तिको माग राख्दै मंगलबार विहानदेखि अबरुद्ध पारिएको हुलाकी राजमार्ग अझै सञ्चालनमा आउन सकिरहेको छैन ।
बर्दिया प्रहरीले टिप्पर धनीलाई कारबाही नगरेको र आफ्ना मागप्रति उदासिन बनेको भन्दै मृतकका आफन्त र स्थानीय उग्र बन्दै गएकाछन् । दोषीलाई कारबाही र उचित क्षतीपूर्ती नपाएसम्म उनीहरुले सडक अबरुद्ध नखोल्ने र मृतकको दाहसंस्कार पनि नगर्ने चेतावनी समेत दिएकाछन् ।
घटनाको अनुसन्धान र कारबाही अगाडी बढाएको बताउने बर्दिया प्रहरीले सुर्खेत वीरेन्द्रनगर निवासी टिप्पर धनीलाई कानूनी दायरामा ल्याउन सकेको छैन । मृतकका आफन्त तथा स्थानीयबासीले आन्दोलन जारी राखेका कारण नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग बन्द छ । सडक अबरुद्ध भएपछि सर्वसाधारण नागरिकले सास्ती खेप्नु परेको छ ।
यही माघ १७ गते सोमबार बेलुकी ८ बजेतिर सुर्खेतबाट बर्दियाको बढैयाताल गाँउपालिका–३ स्थित सतपतिया भन्ने गाउँमा भे १ क १४९५ नम्बरको टिप्परले आफ्नै घरको आँगनमा आगो तापेर बसिरहेकालाई कुल्चेको थियो ।
टिप्परले आगो तापेर बसिरहेका स्थानीय ४५ वर्षिय सोमबहादुर विकको घटना स्थलमै मृत्यु भएको थियो भने करिब २ घण्टापछि उद्धार गरी नेपालगन्ज लगिएका अर्का स्थानीयबासी ४५ वर्षका रामु थारुको मृत्यु भएको थियो ।
उक्त घटनामा थप तीन जना गम्भीर घाईते भएका छन् । जसमा स्थानीय ३५ वर्षिय प्रमिला चौधरी, ४० वर्षिय चमेलिया थारु र सुर्खेत घर भएका दुर्घटना भएको टिप्परका सह–चालक लक्ष्मण सुनार घाइते भएका थिए ।
स्थानीयबासीका अनुसार तीव्र गतिमा चलाइएको उक्त टिप्पर चालकको लापरबाहीले आफ्नै आँगनमा आगो तापेर बसेका दुई जनाको ज्यान गएको हो । उक्त घटनापछि आक्रोसित बनेका स्थानीयबासीको माग सुनुवाईमा प्रहरी प्रशासनले वेवास्ता गरेको भन्दै मङ्गलबारदेखि नेपालगन्ज–गुलरिया हुलाकी राजमार्ग अवरुद्ध गरेकाछन् ।
मृतकका आफन्त तथा स्थानीयबासीले हिजो बुधबार दोषीमाथि कारबाही र उचित क्षतिपूर्तीको माग गर्दै ईलाका प्रहरी कार्यालय मैनापोखर अगाडी टायर बालेर प्रहरी प्रशासन विरुद्ध नै नाराबाजी गर्नुका साथै गाँउपालालिका कार्यालय समेत घेराउ गरे ।
नेपालगन्ज गुलरिया हुलाकी राजमार्ग अन्तर्गत भोलागौडी देखि जमुनी जाने हुलाकी मार्गमा भएको सो घटनाले अहिले गाँउ नै स्तव्ध भएको छ । न्यायको लागी स्थानीयवासीले आवाज उठाइरहेका छन् ।
मृतकका परिवार र स्थानीयले लगातार सडक अबरुद्ध गरिरहेता पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ईश्वर कार्कीले हुलाकी राजमार्ग बन्द नभएको भन्दै हास्यास्पद प्रतिक्रिया दिएका छन् । उनले भने बाटो बन्द छैन, गाडी धनिलाई बोलाईदिएका छौं, पीडित पक्ष र गाडी धनिविच छलफल भैरहेको छ ।
थप समाचार
बर्दियामा टिप्पर आतंक : आफ्नै घरको आँगनमा आगो तापेर बसिरहेका २ जनाको लियो ज्यान, ३ जना गम्भीर घाइते
रास्वपा सांसदहरूको विवेक सत्ताको बन्धक बन्न सक्दैन
फेरिदैंछ सिमानामा लागुऔषध कारोबारको ‘प्याटर्न’
काँग्रेस १५ औं महाधिवेशन : तयारी कहाँ पुग्यो, के के भयो?
भेरी अस्पतालकाे अध्यक्ष भए विशेषज्ञ डा. सिग्देल
खगेन्द्रले निरन्तर मुद्दा उठान थालेपछि प्रहरी पोशाक प्रकरण अध्ययन गर्न सांसदहरूको समिति
७० सालमा शंकरलाई चुनाव हराए, अहिले आफ्नै पार्टीभित्र आफैले हारे