नेपालगन्ज २ चैत्रः नेकपा एमालेका संघीय सांसद मोहन बानियाँ धरौटीमा छुटेका छन् । जुम्लाकी शिक्षिका बलात्कार गरेको आरोपमा बानियामाथि परेको जाहेरीका आधारमा गत फागुन १६ गते उनी पक्राउ परेका थिए ।
यही माघ २७ गते मात्रै जिल्ला प्रहरी कार्यालय बाँकेमा शिक्षिका बलात्कार गरेको मुद्दा दर्ता भएपछि जिल्ला अदालत बाँकेले आरोपी बानियाँलाई पक्राउ पुर्जी जारी गरेको थियो । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका सांसद मोहन बानियाँ पाँच लाख धरौटीमा छुटेका हुन् ।
जिल्ला अदालत, बाँकेका न्यायाधीश ईश्वरी भट्टराईको ईजलासले सांसद बानियाँलाई ५ लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
जुम्लाकी ती शिक्षिकाले आफूमाथि सांसद बानियाँले माघ १९ गते शुक्रबार नेपालगन्ज स्थित होटल अप्सरामा एकैदिन दुईपटक बलात्कार गरेको आरोप लगाउँदै माघ २४ गते सोमबार जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् । उनको जाहेरी पश्चात प्रहरीले घटनाको सुक्ष्म अध्ययन गरेपछि अन्ततः ढिलो गरि माघ २७ गते बिहीबार मुद्दा दर्ता गरेको थियो ।
फागुन २ गते सांसद बानियाँलाई पक्राउ गर्न जिल्ला अदालत बाँकेले पक्राउ पूर्जी जारी गरेको थियो । फागुन १६ गते सोमबार प्रहरीले उनलाई नेपालगन्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो ।
थप समाचार
शिक्षिका बलात्कार गरेको आरोपमा एमाले सांसद बानियाँ पक्राउ
एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
एमाले सांसद बानियाँलाई पक्राउ गर्न पक्राउपूर्जी कुर्दै बाँके प्रहरी
ब्रिक्स सम्मेलन : विश्व राजनीतिमा उदाईरहेको ‘एशियाली शक्ति’
बालेन सरकार ‘छापामार’ जसरी चलेको छ : केपी ओली
रुकुमपश्चिम दुर्घटना: दुईजनाको मृत्यु, नौजना घाइते
एसीसी प्रिमिअरमा च्याम्पिएन बनेर नेपाल पुग्यो एशिया कपमा
विश्वसँग ‘क्षतिपूर्ति’ ल्याउन नेपालको तयारी के छ?
प्रधानमन्त्रीका सल्लाहकारलाई तत्काल पक्राउ गर्न माग