File Photo
नेपालगन्ज १४ जेठ : सरकारले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १८ जनालाई आममाफी दिने भएकोछ । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहा सम्बन्धी व्यवस्था अनुसार रेशम सहित १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
आईतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको जनाएकोछ ।
संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछन् ।
टीकापुर घटनामा जन्मकैदको सजाय भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका हुन् ।
यसअघि सरकारले चौधरीलाई माफी दिने प्रस्तावबारे राय माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो । उक्त निवेदन अध्ययन गरी राष्ट्रपति कार्यालयले ‘प्रचलित कानून, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानून बमोजिम हुने गरी गर्न’ भनेर गृहमा फिर्ता पठाइएको थियो ।
गृहले चौधरीबारे मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि आममाफीका लागि मन्त्रिपरिषदले सिफारिस गरेको हो ।
२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना दूधे बालकको ज्यान गएको थियो ।
घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।
सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए । गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो ।
रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्ने लगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसदमा ४ सिट जितेको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । उनी रेशम चौधरीकी श्रीमती हुन् ।
थप समाचार
सर्वोच्चबाट रेशम चौधरीको जन्मकैदको सजाय सदर
मुलुकी अपराध संहिता ऐन विरुद्ध रेशम चौधरी लगायतलाई छुटाउन सरकारले ल्यायो अध्यादेश
सांसद रेशम चौधरीसहित ११ जनालाई जन्म कैद
सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद
जेलमा रहेका रेशम चौधरीको पार्टीका उम्मेदवार टिकापुर मेयरमा निर्वाचित
बर्दियाको २ वटै निर्वाचन क्षेत्रमा रेशम चौधरीको पार्टीको अग्रता
जेलबाटै रेशम चौधरीले गराए बर्दिया–२ बाट मनोनयन दर्ता
गठबन्धनभित्रै विवादका बीच लुम्बिनीका तीन मन्त्रीको सपथ
बालेन शासनका १५० दिन: खस्किदैं गएको त्यो चमक
जेनजी हुँ भन्दै महिला प्रहरीमाथि हातपात गर्ने युवक पक्राउ
डाेल्पाका बस्ती नजिकै देखिनथाले हिउँ चितुवाहरू (भिडिओसहित)
कालै चस्मा लाएर सांसदहरूलाई जवाफ दिनेछन् बालेनले
नेपालगन्जका ‘स्पा’हरूमा बालिका, सातजनाको उद्धार, तीन सञ्चालक पक्राउ