गणतन्त्र दिवसमा रेशम चौधरीसहित १८ जनालाई आममाफी


गणतन्त्र दिवसमा रेशम चौधरीसहित १८ जनालाई आममाफी

File Photo

नेपालगन्ज १४ जेठ : सरकारले गणतन्त्र दिवसका अवसरमा रेशम चौधरीसहित १८ जनालाई आममाफी दिने भएकोछ । मन्त्रिपरिषद्ले आममाफी र माफीमिनाहा सम्बन्धी व्यवस्था अनुसार रेशम सहित १८ जनालाई रिहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

आईतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले गृहको प्रस्तावअनुसार सो निर्णय गरेको जनाएकोछ ।

संविधानको धारा २७६ मा माफीसम्बन्धी व्यवस्था छ । जसमा भनिएको छ, ‘राष्ट्रपतिले कुनै अदालत, न्यायिक वा अर्धन्यायिक निकाय वा प्रशासकीय पदाधिकारी वा निकायले गरेको सजायलाई कानून बमोजिम माफी, मुल्तबी, परिवर्तन वा कम गर्न सक्नेछन् ।

टीकापुर घटनामा जन्मकैदको सजाय भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहित १८ जना छुट्ने भएका हुन् ।

Kids Festival 2022
kanti aarogya hospital

यसअघि सरकारले चौधरीलाई माफी दिने प्रस्तावबारे राय माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन पठाएको थियो । उक्त निवेदन अध्ययन गरी राष्ट्रपति कार्यालयले ‘प्रचलित कानून, यस सम्बन्धमा अदालतबाट भएको फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत नहुने गरी कानून बमोजिम हुने गरी गर्न’ भनेर गृहमा फिर्ता पठाइएको थियो ।

गृहले चौधरीबारे मन्त्रिपरिषदमा प्रस्ताव लगेपछि आममाफीका लागि मन्त्रिपरिषदले सिफारिस गरेको हो ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको प्रदर्शनले हिंसात्मक रूप लिँदा ८ जना प्रहरी र १ जना दूधे बालकको ज्यान गएको थियो ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने, प्रहरी निरीक्षकद्वय बलराम विष्ट र केशव बोहरा, हवल्दार श्यामबहादुर खड्का, प्रहरी जवान लोकेन्द्रबहादुर चन्द, सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार ललित साउद, सहायक हवल्दार रामबिहारी चौधरी र प्रहरी जवान जनक नेगी मारिएका थिए ।

सो घटनामा रेशम चौधरी दोषी रहेको भन्दै जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले उनलाई जन्मकैदको सजाय सुनाएका थिए । गत जेठ २ गते सर्वोच्च अदालतले उच्च अदालतको फैसला सदर गरिदिएको थियो ।

रेशम चौधरी निर्दोष रहेको र उनलाई रिहा गर्नुपर्ने लगायत मुद्दा लिएर गठन भएको नागरिक उन्मुक्ति पार्टीले संसदमा ४ सिट जितेको छ । पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ अहिले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री छन् । उनी रेशम चौधरीकी श्रीमती हुन् ।

थप समाचार

सर्वोच्चबाट रेशम चौधरीको जन्मकैदको सजाय सदर

मुलुकी अपराध संहिता ऐन विरुद्ध रेशम चौधरी लगायतलाई छुटाउन सरकारले ल्यायो अध्यादेश

सांसद रेशम चौधरीसहित ११ जनालाई जन्म कैद

सांसद रेशमलाल चौधरी र लक्ष्मण थारूलाई जन्मकैद

जेलमा रहेका रेशम चौधरीको पार्टीका उम्मेदवार टिकापुर मेयरमा निर्वाचित

बर्दियाको २ वटै निर्वाचन क्षेत्रमा रेशम चौधरीको पार्टीको अग्रता

जेलबाटै रेशम चौधरीले गराए बर्दिया–२ बाट मनोनयन दर्ता