बागेश्वरीपछि ठाकुरबाबा मन्दिरमा महाआरती


बागेश्वरीपछि ठाकुरबाबा मन्दिरमा महाआरती

नेपालगन्ज २६ जेठ : पश्चिम नेपालको प्रशिद्ध शक्ति पिठ नेपालगन्ज स्थित बागेश्वरी मन्दिरमा साताब्यापी हुने महाआरतीले ब्यापकता र निरन्तरता पाइरहेका बेला बर्दियाको ठाकुरबाबा मन्दिर परिसरमा पनि महाआरती हुने भएको छ ।

प्रत्येक साताको सोमबार हुने महाआरतीमा सहभागी हुन भक्तजनको ठूलो घुइँचो लाग्ने गरेको छ । महाआरतीमा नेपालगन्ज नगरबासीलगायत टाढा–टाढाबाट स्वःस्फुर्तरूपमा भक्तजन सहभागी हुने गरेका छन् । धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको ठाकुरबाबा मन्दिरमा आजबाट हरेक शुक्रबार सन्ध्या महाआरती हुने भएको हो ।

नाट्टा बाँके च्याप्टर, नेपालगन्जको आयोजना, ठाकुरबाबा मन्दिर व्यवस्थापन तथा विकास समितिको सहकार्य र ठाकुरबाबा नगरपालिका प्रर्वद्धक रहने गरी महाआरती आजबाट सुरु हुन लागेको हो ।

ठाकुरबाबा नगरपालिका पर्यटकीय क्षेत्र भएकाले पर्यटन प्रर्वद्धन विकास टेवा पुग्ने उद्देश्यका साथ नगरपालिकाले महाआरती सुरुवात गर्न लागेको ठाकुरबाबा नगरपालिका नगर प्रमुख तिलकराम लम्सालले जानकारी दिए ।
धार्मिक उद्देश्यले मात्र नभई पर्यटकीय हिसाबले पनि यो महाआरती महत्वपूर्ण हुने नगर प्रमुख लम्सालको भनाइ छ ।

Kids Festival 2022
kanti aarogya hospital

पश्चिम क्षेत्रकै महत्वपूर्ण गन्तव्यको रुपमा रहेको बर्दिया राष्ट्रिय निकुञ्ज नजिक रहेको ठाकुरबाबा मन्दिरमा महाआरती हुँदा पर्यटकीय गतिविधि बढ्ने भन्दै निकुञ्ज क्षेत्रका स्थानीयहरु खुशी छन् । स्थानीय होटल सञ्चालक रामजी थापाले महाआरतीले आफूहरुको पर्यटन व्यवसायमा थप सघाउ पुग्ने बताए ।

हरेक शुक्रबार बेलुका सन्ध्या महाआरती हुने भएको हुँदा सम्पुर्ण श्रद्धालु भक्तजनहरुलाई सहभागिताका लागि नगरप्रमुख लम्सालले अनुरोध गरे ।

‘वेष्टर्न ट्राभल मार्ट’को अवसरमा गत माघ १५ गतेदेखि साप्ताहिक रूपमा बागेश्वरी मन्दिरमा महाआरती सुरु गरिएको थियो । ट्राभल एजेन्ट्स एशोसिएशन अफ नेपाल (नाट्टा) बाँके च्याप्टरको पहलमा बागेश्वरी गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकासँगको सहकार्यमा प्रत्येक हप्ताको सोमबार अपराह्न ५ बजेपछि बागेश्वरीमा महाआरती हुने गरेको छ ।

महाआरतीको अवसरमा बागेश्वरी मन्दिर परिसरमा भक्तजनले स्वःस्फुर्तरूपमा भजन कीर्तन र नाचगान गर्ने गरेका छन् । बागेश्वरी मन्दिरमा प्रत्येक सोमबार हुने महाआरतीले धार्मिक पर्यटक प्रवद्र्धनमा सघाउ पुगेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल बताउँछन् । महाआरतीले धार्मिक पर्यटन प्रवद्र्धनका साथै नगरबासीमा धार्मिक आस्थाप्रति रुचि बढ्ने उनको भनाइ छ ।

बागेश्वरी मन्दिरमा महाआरतीले निरन्तरता पाएपछि बर्दियाको ठाकुरबाबा नगरपालिकामा रहेको ठाकुरबाबा मन्दिरमा पनि महाआरती गर्न सकिने र यहाँको धार्मिक तथा पर्यटन प्रबद्र्धनमा जोड दिने उद्देश्यले महाआरती गर्न सफल भएको नाट्टा बाँकेका अध्यक्ष सिग्देलको भनाईछ ।

ठाकुरबाबा मन्दिरमा हरेक वर्ष माघे संक्रान्तिका अवसरमा ठूलो मेला लाग्ने गर्दछ । भने प्रत्येक हप्ताको शुक्रबार यहाँ हाट (मेला) समेत लाग्ने गरेकोछ ।

कहाँ–कहाँ हुन्छ महाआरती ?

महाआरती नेपाल र भारतका धेरै स्थानमा हुने गरेको छ । हिन्दु आराध्यदेव महादेवको काठमाडौंस्थित विश्व प्रसिद्ध पशुपतिनाथको मन्दिरमा बागमति नदीको किनारमा भव्य महाआरती हुुन्छ । पशुपतिनाथको महाआरतीमा सहभागी हुने सबैको मन मस्तिष्कमा आरतीको छाप परेको हुनुपर्छ । मधेस प्रदेशको जनकपुरको गंगासागरमा नित्य सन्ध्या आरती हुँदै आएको छ ।

यस्तै नारायणगढ बजार नजिकै नारायणी नदी किनारमा र पोखरामा पनि फेवाताल किनारमा महाआरती भइरहेको छ । भारतको हरिद्वार र बनारसमा पनि नियमित आरती हुन्छ । पण्डित वा बटुकद्वारा बैद्धिक मन्त्र उच्चारण गरी सङ्कल्पसहित पूजाअर्चना गरेर धार्मिक विधि अनुसार महाआरती गरिन्छ । महाआरतीमा तीन जना पण्डितले चारै दिशातर्फ फर्किएर आरतीका विधि पूरा गर्छन् । सन्ध्या आरतीपछि भजन किर्तन पनि हुन्छ । महाआरतीमा सहभागी हुँदा पितृमोक्षका साथै मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ ।

थप समाचार

बागेश्वरीमा ‘महाआरती’ : नगरबासीको धार्मिक आस्थाप्रति रुचि बढ्दै

बागेश्वरी मन्दिरमा दोस्रो पटकको ‘महाआरती’

बागेश्वरी मन्दिरमा पहिलोपटक महाआरती

महाआरतीमा राजपरिवार सहभागि, बागेश्वरीमा श्रद्धालुले ठूलो भिड

महाआरतीमा राजापरिवार सहभागि हुँदै, भव्य तयारी

नेपालगन्ज आएसँगै राजा ज्ञानेन्द्रको ब्यस्तता बढ्यो

एक महिने पश्चिम नेपालको भ्रमणका लागि राजा ज्ञानेन्द्र शुक्रबार नेपालगन्ज आउदैँ

बागेश्वरीमा हुने महाआरतीमा राजा ज्ञानेन्द्रसहित राजपरिवार सहभागि हुदैँ