बाँके एसपी बोहरामाथि छानविन गर्न प्रदेश प्रहरीद्वारा समिति गठन

‘आजैदेखि छानविनको काम सुरु भइसक्यो’–डिआईजी कठायत


सेतोखरी सेतोखरी   शुक्रबार, चैत २३, २०८०
बाँके एसपी बोहरामाथि छानविन गर्न प्रदेश प्रहरीद्वारा समिति गठन

नेपालगन्ज २३ चैत्र : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख (एसपी) सुवास बोहर लगायतका प्रहरीमाथि छानविन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयले छानविन समिति गठन गरेकोछ । छानविन समितिले शुक्रबारदेखि नै काम थालनी गरिसकेकोछ ।

एसपी बोहराले आफू मातहतको ‘कोर टिम’ बनाई बाँकेमा तस्करहरुबाट मासिकरुपमा लाखौं रकम उठाइरहेको सेतोखरी डटकम र सद्भाव दैनिकले समाचार प्रकाशित गरेपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले एसपी बोहरामाथि छानविन गर्न शुक्रबार समिति गठन गरेकोछ । 

यो पनि पढ्नुहोस्: बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति युनियन, चौतारी, सेन्टर र प्रगतिशिलले निकाले प्रेस विज्ञप्ती

लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले आफ्नो फेसबुक पेजमा शुक्रबार पोष्ट गर्दै एसपी बोहरामाथि छानविन गर्न प्रहरी वरीष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन गरिएको जनाएकोछ । 
लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजी कुवेर कठायतले सेतोखरीसँग कुरा गर्दै शुक्रबारदेखि नै छानविन समितिले आफ्नो काम थालिसकेको जानकारी दिए ।

Kids Festival 2022
kanti aarogya hospital

सेतोखरी डटकम र सद्भाव राष्ट्रिय दैनिकमा चैत्र २० गते ‘बाँकेका एसपी सुबास बोहराले तस्करबाट यसरी उठाउँछन् पैसा’ र चैत्र २२ गते ‘तस्करबाट रकम उठाउने बाँके एसपी सुवास बोहराको ‘कोर टिम’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

यो पनि पढ्नुहोस्: समाचार नछाप्न भन्दै बाँके एसपी बोहराले सम्पादक भण्डारीलाई धम्की दिए

‘यस लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहत जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी उपरीक्षक सुवाश चन्द्र बोहोरा लगायत अन्य प्रहरी कर्मचारीहरुको बारेमा स्थानीय सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रकाशन भएका समाचार र विभिन्न टिकाटप्पणीहरुका सम्बन्धमा यस कार्यालयको विशेष ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा छानबिन गरी सत्यतथ्य बुझ्नका लागि यस कार्यालयका प्रहरी बरीष्ठ उपरीक्षक रमेश कुमार बस्नेतको अध्यक्षतामा छानबिन समिति गठन भई छानबिन प्रकृया अगाडी बढेको व्यहोरा जानकारी गराउन चाहान्छौ ।’ लुम्बिनी प्रदेश प्रहरी कार्यालयको फेसबुक पेजमा लेखिएकोछ ।

यो पनि पढ्नुहोस्: बाँके प्रहरी अबैध रकम असुली धन्दामा, तस्करी र अवैध आयात ह्वात्तै बढ्यो