नेपालगन्जमै निर्धक्क काटिन्छ गाई : ५ महिनाको गर्भवती गाई काटेर मासु लगियो


सेतोखरी सेतोखरी   आइतबार, वैशाख ९, २०८१
नेपालगन्जमै निर्धक्क काटिन्छ गाई : ५ महिनाको गर्भवती गाई काटेर मासु लगियो

नेपालगन्ज १० वैशाख : बाँकेमा गाई काट्ने क्रम रोकिएको छैन । यसका विरुद्ध सम्बद्ध सरोकारवालाले पटकपटक आवाज उठाएपनि बाँकेमा निर्वाधरुपमा गाई काट्ने र गाईको मासु विक्रि वितरण भइरहेकोछ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१४ बालेगाउँ नजिक रहेको मेरो प्लानेटको दक्षिणपश्चिम ऐलानी जमिनमा पाँच महिनाको गर्भवती गाई काटिएको अवस्थामा भेटिएपछि नेपालगन्जमै गाई काट्ने क्रम नरोकिएको पुष्टि भएकोछ । 

गाई नेपालको राष्ट्रिय जनावर हो । बहुसंख्यक हिन्दूहरुको आस्थाको धरोहर हो । तर, बाँकेको सदरमुकाम नेपालगन्जसहित विभिन्न स्थानमा गाई र गोरु निर्वाधरुपमा काटि यसको मासु नेपालगन्ज र विभिन्न जिल्लाहरुमा निर्वाधरुपमा ओसारपसार हुनेगर्छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१४ बालेगाउँका श्रवण कुमार सिंहको ५ महिनाको गर्भवती गाई काटी मासु लिएर गएपछि मासुका लागि उक्त गाई काटिएको हुनसक्ने आँकलन गरिएकोछ । स्थानीय डाँफे इग्लिस मिडियम स्कुलका प्रिन्सिपल समेत रहेका श्रवणको ५ महिनाको गर्भवती गाई काटिएको अवस्थामा आईतबार विहान भेटिएको हो । 

Care City
kanti aarogya hospital
Health Care Clinic Nepalgunj

यो पनि पढ्नुहोस् बाँकेमा कहिलेसम्म काटिने राष्ट्रिय जनावर गाई ?

श्रवणका अनुसार पाँच महिनाको गर्भवती उक्त गाई मध्यरातमा चोरी भएको थियो । गोठमा गाई नभएपछि विहानपख खोज्दै जाँदा गाई काटि मासु लिएर गएको अवस्थामा भेटिएको उनले बताए । 

काटिएको अवस्थामा रहेको गाईको टाउको हेरेर चिनेको बताउँदै श्रवणले भने–‘गाई हाम्रो माता हो । हामी पुज्छौ । माता मात्रै होइन यो राष्ट्रिय जनावर हो । यसरी हाम्रो आस्थामाथि प्रहार गर्दै गाई काटी मासु लिएर जानेलाई पक्राउ गरी कडा कारबाही हुनुपर्छ ।’ उनका अनुसार गाई काटिएको नजिकै तीन वटा बद्यसाला रहेकाछन् । मासुका लागि त्यहाँ राँगाभैसी काटिन्छन् । 

‘यो अत्यन्त दुखदायी घटना भयो । दोषीलाई पहिचान गरि कडा कारबाही गरिनुपर्छ’ घटना स्थलमा पुगेका नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ का वडा अध्यक्ष मजहर अली साईले भने–‘गाई हाम्रो राष्ट्रिय जनावर हो । यो अपराध गर्ने कसैलाई छुट छैन । यस्तो घटनाले मलाई दुखि बनाएकोछ । प्रहरीप्रशासनको उदासिनताले यस्तो घटना भयो ।’

गाई काटिएको यो नेपालगन्जको पहिलो घटना होइन् । यसअघि गाई काटि भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले केहीलाई पक्राउ समेत गरिसकेको छ ।

नेपालगन्ज उपमहानगरपालिका भित्रै निर्वाध गाई काटिएको घटनाले आफू अत्यन्त मर्माहत बनेको नगरप्रमुख प्रशान्त विष्टले बताए । उनले भने–‘यो या त्यो बहानामा गाई काटिनु निन्दनीयछ । यसमा संलग्न दोषीलाई कडा कानूनी कारबाही गरिनुपर्छ ।’

‘गाई काट्ने कसैलाई छुट छैन । बाँकेमा गाई काट्ने काम पटक–पटक भइरहेकोछ । यसमा प्रहरी प्रशासन निर्मम भएर लाग्नुपर्छ ।’ समयमै यस्ता अपराधिक कार्यमा संलग्न ब्यक्तिहरुलाई कारबाही गरिएन भने यस्ता घटनाले बाँकेको सद्भाव बिथोल्ने भन्दै विष्टले चिन्ता ब्यक्त गरे ।

यो पनि पढ्नुहोस् नेपालगन्जमै निर्धक्क काटिन्छ गाई : १६० किलो गाईको मासुसहित दुई पक्राउ

बाँके प्रहरीको उदासिनता र सम्बद्ध सरोकारवालाको उदासिनताले वर्षेनी गाई काट्ने घटना क्रम बढ्दै गएको स्थानीय संजय कुर्मीले बताए । उनले भने–‘यो त मास्टरसाबको घरबाट चोरी गरि गाई काटिएपछि घटना बाहिरीयो । यहाँ त सेटिङ्गमै कति काटिन्छन् कति । हामीले प्रहरी प्रशासनलाई धेरै पटक भनेपनि गाई तथा गोरु काट्ने क्रम रोकिएको छैन ।’

बाँकेका प्रमुख जिल्ला अधिकारीले गाई काटिएको विषयमा आफू गम्भीर रहेको र दोषीलाई कुनै पनि माइनेमा नछाडिने बताए । उनले भने–‘गाई राष्ट्रिय जनावर हो । स्वतः प्रत्येक नेपालीले गाईको सम्मान र संरक्षणमा जुटिनुपर्छ । तर, यस्तो भएको पाइएन ।’

यो पनि पढ्नुहोस् खजुरामा गाई काटेर भाग लगाउँदै गर्दा दुई जना पक्राउ

‘घटनाको अनुसन्धान गरि दोषीलाई कानूनी कारबाहीसगैं आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन हामी तदारुक्ताका साथ लाग्नेछौं ।’ पोखरेलले भने ।

नेपालको कानूनले गौबद्धलाई दण्डनिय भनेकोछ । तर, नेपालगन्जभित्रै निर्वाधरुपमा गाई काटेर खाने र यसको कारोबार गर्नेप्रति सम्बन्धित निकाय गैरजिम्मेवार देखिएकोछ । प्रहरी र प्रशासनको लाचारीले बाँकेमा गौबद्ध गर्ने र गराउनेलाई कारबाही समेत हुने सकेको छैन । गाई नेपालको राष्ट्रिय जनावर हो । तर, विभिन्न राजनीतिक दलका नेता तथा पहुँचवालाको मिलोमतोमा बाँकेमा गाई गोरु काटिने क्रम रोकिएको छैन । केही घटना बाहिर आएपनि अधिकांश घटना गुपचुपमै हराउने गरेकोछ ।

यो पनि पढ्नुहोस् नरैनापुरबाट गाई काट्ने दुईजना मासुसहित पक्राउ

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, १४ नम्बर वडा अध्यक्ष मजहर अली साई, ८ नम्बर वडा अध्यक्ष रजनीश बाजपायी, १४ वडाका वडा सदस्यहरु सन्तोष कुमार मिश्रा र राकेश कुमार भाट घटना स्थल पुगेका थिए । घटना स्थल पुगेका उनीहरुको रोहवरमा काटिएको गाईलाई जेसिभी लगाएर पुरिएको थियो ।

यो पनि पढ्नुहोस् बाँकेमा गाई काट्नेक्रम रोकिएन, ७ किलो गाईको मासुसहित ३ जना पक्राउ