नेपालमा ओमिक्रोनबाट संक्रमित हुने संख्या ८० पुग्यो


नेपालमा ओमिक्रोनबाट संक्रमित हुने संख्या ८० पुग्यो

नेपालगन्ज १९ माघ : नेपालमा थप २१ जनामा ओमिक्रोन पुष्टि भएको छ । यो संगै नेपालमा ओमिक्रोन संक्रमित संख्या ८० पुगेकोछ ।

पछिल्लो २४ घण्टामा देशभरबाट संकलित २४ वटा नमुनाको जिन सिक्वेन्सिङ परीक्षणका क्रममा २१ जनामा ओमिक्रोन भेटिएको हो । बाँकी ३ जनामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसले देशका सातवटै प्रदेशमा ओमिक्रोन भेरियन्ट फैलिएको पुष्टि मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्रााले जानकारी दिइन् ।

यसअघि माघ ११ गते सुदूरपश्चिम प्रदेशमा पहिलो पटक चार जनामा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital

यस्तै माघ ९ गते देशभर एकैदिन २८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । सो बेला संक्रमित ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन पुष्टि भएको थियो ।

यसअघि पुष २३ गते पनि एकैपटक २४ जनामा कोरोना भाइरस संक्रमणको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको थियो । त्यसअघि ३ जनामा ओमिक्रोन पुष्टि भएको थियो । योसंगै नेपालमा ८० जनामा ओमिक्रोन संक्रमण पुष्टि भएकोछ ।

नेपालमा गत मंसिर २० गते एक नेपाली र एक विदेशी नागरिक गरि २ जनामा पहिलो पटक ओमिक्रोन संक्रमण पुष्टि भएको थियो ।

सम्बन्धित समाचारहरु

नेपालमा २ जनामा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

नेपालमा फैलियो ‘ओमिक्रोन’, एकैपटक २४ जनामा पुष्टि

नेपालमा थप २८ जनामा ओमिक्रोन पुष्टि

पहिलोपटक सुदूरपश्चिमका चार जनामा ओमिक्रोन पुष्टि, नेपालमा ओमिक्रोनबाट संक्रमित हुनेको संख्या ५९ पुग्यो

नेपालसहित १०६ मुलुकमा फैलियो ओमिक्रोन भेरियन्ट

नेपालमा ओमिक्रोनको सहायक भाइरस ‘बीए.२’ फैलँदै : डब्लूएचओ

ओमिक्रोन भेरियन्ट रोक्न के गर्दैछ नेपाल ?

ओमिक्रोन फैलन नदिन विभागको निर्देशन, ‘तेस्रो लहर जटिल बन्न सक्छ’

तपाईलाई यी लक्षण देखिए ओमिक्रोन संक्रमण हुन सक्छ