एक वर्षको काराबासपछि पल शाह रिहा भए


एक वर्षको काराबासपछि पल शाह रिहा भए

नेपालगन्ज १५ फागुन : उच्च अदालतबाट सफाई पाएपछि पल शाह (पूर्णविक्रम शाह) जेलबाट छुटेका छन् । तनहुँ कारागारले उनलाई सोमबार छाडेको हो । पल कारागारबाट छुट्दा उनकी बहिनीले बुझेकी हुन् ।

कारागारबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा भीड लागेको थियो । कारागार बाहिर आएका फ्यानलाई हेरेर अभिवादन गर्दै पल शाह खुसी देखिएका थिए ।

कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ कारागारबाट निस्कँदा परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा थिए । पल शाह आज पोखरामा आराम गरेर भोलि काठमाडौं जाने पारिवारिक स्रोतले जनाएको छ ।

काठमाडौं आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र सङ्गीतकर्मी देखिएका छन् । जिल्ला अदालत नवलपुर इमेलमार्फत सोमबार बिहान पललाई थुनामुक्त गरिदिन पत्र पठाएको थियो ।

Kids Festival 2022
kanti aarogya hospital
add

जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको कसुरमा पललाई अढाई वर्ष कैदको फैसला गरेको थियो । तर, त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै पललाई सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका पल छुटेका हुन् ।

पल २०७८ फागुन १५ गते तनहुँ प्रहरीको हिरासतमा पुगेका थिए । जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष पलले आत्मसमर्पण गरेका थिए ।

थप समाचार

अभिनेता पल शाहले पाए सफाई, सोमबार रिहा हुने

बलात्कार मुद्दामा पल शाह निर्दोष ठहर, अझै थुनामै रहने

पल शाह प्रकरणमा ट्वीस्ट : नाबालिग गायिकाले फेरिन् बयान

पल शाह पुर्पक्षका लागि जेल चलान

नायक पल शाह यसकारण दोषी हुन्

पल शाह प्रहरी नियन्त्रणमा

अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’

 पल शाहविरुद्ध जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी