नेपालगन्ज १५ फागुन : उच्च अदालतबाट सफाई पाएपछि पल शाह (पूर्णविक्रम शाह) जेलबाट छुटेका छन् । तनहुँ कारागारले उनलाई सोमबार छाडेको हो । पल कारागारबाट छुट्दा उनकी बहिनीले बुझेकी हुन् ।
कारागारबाहिर पलका समर्थक तथा आफन्त ठूलो संख्यामा भीड लागेको थियो । कारागार बाहिर आएका फ्यानलाई हेरेर अभिवादन गर्दै पल शाह खुसी देखिएका थिए ।
कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’ कारागारबाट निस्कँदा परिवारका सदस्यबाट घेरिएका उनी छोटो कपाल र कालो ज्याकेटमा थिए । पल शाह आज पोखरामा आराम गरेर भोलि काठमाडौं जाने पारिवारिक स्रोतले जनाएको छ ।
काठमाडौं आउने बित्तिकै उनलाई एयरपोर्टमा स्वागत गर्ने तयारीमा उनी निकट फिल्म र सङ्गीतकर्मी देखिएका छन् । जिल्ला अदालत नवलपुर इमेलमार्फत सोमबार बिहान पललाई थुनामुक्त गरिदिन पत्र पठाएको थियो ।
जिल्ला अदालत नवलपुरले बाल यौन दुरुपयोगको कसुरमा पललाई अढाई वर्ष कैदको फैसला गरेको थियो । तर, त्यसलाई उच्च अदालत पोखराले बदर गर्दै पललाई सबै अभियोगबाट सफाइ दिएपछि एक वर्षदेखि थुनामा रहेका पल छुटेका हुन् ।
पल २०७८ फागुन १५ गते तनहुँ प्रहरीको हिरासतमा पुगेका थिए । जाहेरी परेको चार दिनपछि प्रहरीसमक्ष पलले आत्मसमर्पण गरेका थिए ।
थप समाचार
अभिनेता पल शाहले पाए सफाई, सोमबार रिहा हुने
बलात्कार मुद्दामा पल शाह निर्दोष ठहर, अझै थुनामै रहने
पल शाह प्रकरणमा ट्वीस्ट : नाबालिग गायिकाले फेरिन् बयान
पल शाह पुर्पक्षका लागि जेल चलान
अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’
चार दिन भारी वर्षा हुने, पश्चिम नेपाललाई ‘जोखिम’
घरमै छापा मारेर नेपालगन्जबाट लागुऔषधसहित दुईजना पक्राउ
नेपाली जनसम्पर्क समिति अस्ट्रेलियाको पाँचौँ अधिवेशन
बाढी प्रभावित बालबालिका पढाउन अर्बपति शेष घलेको ५७ करोड ८५ लाख सहयोग
संविधानका बाचा पूरा गर्न सरकार प्रतिवद्ध छ: प्रधानमन्त्री
महाधिवेशनमा होमियो काँग्रेस, आजदेखि वडाहरूमा नयाँ नेतृत्व चुनिदैं