अभिनेता पल शाहले पाए सफाई, सोमबार रिहा हुने


अभिनेता पल शाहले पाए सफाई, सोमबार रिहा हुने

नेपालगन्ज १४ फागुन : बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । शाहले सबै अभियोगबाट पूर्ण सफाइ पाएसंगै उनी भोलि(सोमबार) रिहा हुने भएकाछन् ।

न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै शाहलाई सफाइ दिएको हो । अभिनेता पल शाह जबरजस्ती करणीको आरोपमा थुनामा परेको आईतबार ठिक एक वर्ष पूरा भएकै दिन सफाई पाएका हुन् ।

२०७८ फागुन १५ गते पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँमा आफैँ उपस्थित भएका थिए । नाबालिग गायिकाले जबरजस्ती करणीको आरोप लगाउँदै उनीविरुद्ध २०७८ फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएकी थिइन् ।

त्यसको चार दिनपछि पल पक्राउ परेकै दिन नवलपुरमा पनि उनले जबरजस्ती करणीकै आरोपमा जाहेरी दिएकी थिइन् । प्रहरीले १८ दिन अनुसन्धानपछि चैत ३ गते अदालतमा मुद्दा दर्ता भएको थियो । तनहुँ र नवलपुर अदालतले नै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

गत भदौ २१ गते नवलपुर जिल्ला अदालतले पललाई बलात्कारको मुद्दामा सफाइ दिएको थियो । तर, अदालतले उनलाई बालयौन दुरुपयोगको कसुरमा दोषी ठहर गर्दै अढाई वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।

तनहुँ अदालतले भने उनलाई सफाई दिएको थियो । नवलपुर अदालतले कैद र क्षतिपूर्ति तोकेपछि पलत्यसविरुद्ध उच्च अदालतमा अपील गर्न पुगेका थिए ।

सरकारी वकिल कार्यालयले पनि पललाई जबरजस्ती करणीकै कसुरमा सजाय माग गर्दै पुनरावेदन गरेको थियो । तर, पीडित पक्षले भने जिल्ला अदालतमा बकपत्र गराउँदै जाहेरी झुटो रहेको र पल निर्दोष रहेको बयान दिएका थिए ।

पीडितपक्षले नै पल निर्दोष रहेको बताए पनि नवलपुर अदालतले उनलाई कैद र जरिवानाको सजाय तोकेको थियो ।

उच्च अदालतले उनी ठिक एक वर्ष कैदमा बसेपछि निर्दोष ठहर गरेको हो । उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले पलविरुद्धको दाबी नपुग्ने ठहर गरेको हो ।
उच्च अदालत पोखराका प्रवक्ता विष्णप्रसाद आचार्यले पलविरुद्ध दाबी नपुगेको ठहर गर्दै सफाइ दिने फैसला भएको छ।

अब उच्च अदालतले जिल्ला अदालत नवलपुरमा पललाई सफाइ दिएको र जिल्ला अदालतको फैसला बदर गरेको पत्र पठाउने छ । त्यही पत्रका आधारमा जिल्ला अदालतले कारागारलाई पत्र पठाएपछि कारागारले पललाई छाड्ने छ । पल भोलि(सोमबार) कारागारबाट छुटेपछि सिधै काठमाडौं जाने भएका छन् ।

थप समाचार

बलात्कार मुद्दामा पल शाह निर्दोष ठहर, अझै थुनामै रहने

पल शाह प्रकरणमा ट्वीस्ट : नाबालिग गायिकाले फेरिन् बयान

पल शाह पुर्पक्षका लागि जेल चलान

नायक पल शाह यसकारण दोषी हुन्

पल शाह प्रहरी नियन्त्रणमा

अभिनेता पल शाहले भने– ‘कानूनलाई सम्मान गर्दै आज प्रहरीसामु म आफैं उपस्थित हुनेछु’

पल शाहविरुद्ध जवरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी