बर्दियामा बाघले फेरि मान्छे खायो


बर्दियामा बाघले फेरि मान्छे खायो

नेपालगन्ज ६ चैत्र : बर्दियामा बाघको आक्रमणबाट दुई जना महिलाको ज्यान गएकोछ ।

बर्दियाको मधुवन नगरपालिका–५ स्थित चिरौटे सामुदायिक वन क्षेत्रमा पाटे बाघले आक्रमण गर्दा दुई जना महिलाको ज्यान गएको हो ।

सामुदायिक वनमा दाउरा खोज्न गएका मधुवन नगरपालिका–५ की ५५ वर्षीया समुन्द्री बुढा क्षेत्री र ५० वर्षीया धनसरा गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी हिक्मत बुढाले जानकारी दिए ।

बिहान ११ बजे चिरौटे सामुदायिक वनमा दाउरा खोज्न निस्किएका उनीहरू दिउँसोसम्म पनि जंगलबाट नफर्केपछि परिवार, आफन्तले खोज तलास गर्न जाँदा जंगलमा उनीहरुको शव फेला परेको थियो ।
मृतक दुई जनाको शव जिल्ला अस्पताल बर्दियामा राखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

खाता जैविक मार्गसँग जोडिएको सो क्षेत्रमा हिजो मात्र घाइते पाटे बाघ देखिएको सूचना दिइएको थियो । केही समययता बाघको आतङ्क बढेपछि स्थानीय भयभीत भएका छन् ।

पछिल्लो समय बाँके र बर्दिया जिल्लामा बाघको आक्रमण बढेकोछ । बाघ आक्रमण बढेसगैं निकुञ्ज आसपास क्षेत्रका बासिन्दा त्रसित बनेकाछन् । निकुञ्ज क्षेत्रका बासिन्दामाथि बाघले पटक–पटक आक्रमण गर्दा सो क्षेत्रका बासिन्दाको धनजान जोखिममा परेकोछ । मानव बस्तीमै पुगेर बाघले आक्रमण गरेको घटना बढ्न थालेपछि निकुञ्ज क्षेत्रका बासिन्दाको सुरक्षा जोखिम बढ्को हो ।

बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जमा बाघको संख्या बृद्धि भएसगैं निकुञ्जमा आहाराको कमी भएपछि मध्यवर्ती क्षेत्र हुदैं मानव वस्तीतर्फ बाघ पस्न थालेका छन् । निकुञ्जमा बाघका लागि आवश्यक आहारा नभएपछि आहाराको खोजी गर्दै बाघ मानव बस्तीमा प्रबेश गर्न थालेको हो । निकुञ्जमा पाटेबाघको संख्या बढेपछि मानवसँगको द्वन्द्व बढ्न थालेकाले न्यूनीकरणका लागि निकुञ्जले पहल गर्नुपर्ने स्थानीयको माग छ । तर, निकुञ्ज र सम्बन्धित निकायसंग मानववस्तीमै पुगरे आक्रमण गर्ने बाघको नियन्त्रणका लागि व्यवस्थापन गर्न सकिरहेकोछैन । निकुञ्ज र सरोकारवाला निकुञ्जका बाघ मात्र नभई अन्य वन्यजन्तुलाई समेत नियन्त्रण तथा उचित व्यवस्थापन गर्न नसक्दा धनजनको जोखिम बढेको हो ।

गत जेठ २३ गते बर्दियाको ओरालीबजारमा बाघ नियन्त्रणको माग राख्दै स्थानीयबासीले गरेको प्रदर्शनका क्रममा सुरक्षाकर्मीबीच झडप हुँदा एक जना बालिकाको मृत्यु समेत भएको थियो । बाघ नियन्त्रणको माग राखेर स्थानीयबासीले बर्दियाको ओराली बजारमा प्रर्दशन गर्दा सुरक्षाकर्मीबीच दोहोरो झडप भएपछि सुरक्षाकर्मीले चलाएको गोलीका कारण स्थानीय १८ वर्षिया नविना थारुको मृत्यु भएको थियो । उक्त घटनालाई लिएर पछि तनाव बढेपछि गृह मन्त्रालयले बनाएको ५ सदस्यीय छानबिन समितिले स्थलगत अध्ययन समेत गरेको थियो ।

थप समाचार

दश दिनको अन्तरालमा फेरि बर्दियामा बाघले मान्छे खायो

बाघ नियन्त्रणको माग गर्दै भएको शान्तिपूर्ण आन्दोलन उग्र बन्दा नविनाको ज्यान गयो

बाँके र बर्दियामा बाघ आक्रमण बढ्दोः निकुञ्ज क्षेत्रका बासिन्दा त्रसित

बाँकेमा बाघ संख्या बृद्धिमा कमी, निकुञ्ज स्थापनाको १२ वर्षमा मात्र २५ बाघ

बाघ आक्रमण नियन्त्रण गर्न भन्दै प्रर्दशन, प्रहरीले गोली चलाउँदा बालिकाको मृत्यु

बाघ बढ्दाको उपलब्धी, मान्छेलाई महँगो

बर्दियामा बाघले २ जना खायो

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु

बर्दियामा बाघ आतंक जारी, ३ वर्षमा २३ जनाको मृत्यु