स्थानीय र प्रहरीले बाघको पंजाबाट छुटाएर ल्याएको लिला बिष्टको शव । तस्बिर: विमला चौधरी/सेतोखरी
नेपालगन्ज २२ पुष : बाघको आक्रमणबाट बाँके राप्तीसोनारी गाउँपालिका वडा नम्बर–४ प्रसोहनाकी एक महिलाको बिहिबार मृत्यु भएको छ ।
जलहन् सामुदायिक वनमा घाँस काट्न गएकी अन्दाजी ५४ वर्षिया लिला विष्टको बाघको आक्रमणबाट मृत्यु भएको हो । घाँस काट्न गएकी ति महिला हराएपछि खोज्दै जाँदा बाघलाई धपाएर शव ल्याउन प्रहरी र स्थानीय सफल भएका हुन् ।
प्रहरीका अनुसार जंगलमा घाँस काट्न गएको बेलामा बिहीबार मध्यान्ह १२ बजेतिर बाघले आक्रमण गरेको थियो । बाघको पंजाबाट महिलाको शव छुटाउन प्रहरीले २ राउण्ड हवाई फायर खोलेको थियो । महिलालाई बाघले मारेर जलहन सामुदायीक वन अन्तर्गत घट्ट खोला खोंचमा राखेको अवस्थामा भेटिएको ईलाका प्रहरी कार्यालय धामपुरका ईन्चार्ज, प्रहरी नायव निरीक्षक मुकुन्द सिक्देलले जानकारी दिए ।
उनले भने ‘बाघले भरखरै महिलालाई घिसारेर पहाडको खोँचमा लगेको बेला हामी गईपुग्यौं, बाघ पनि त्यहि स्थानमा थियो, हो हल्ला सुनेर भागेपछि महिलाको शव उठाएर ल्याउन सफल भयौं ।’
सामुदायिक वनमा घाँस काट्न गएकी महिलालाई एक्कासी बाघले झम्टेर लगेको बारे ईलाका प्रहरी कार्यालय धामपुरमा स्थानीयले खबर गरेका थिए ।
करिब एक घण्टा प्रहरी र स्थानीयबासीहरु जंगलमा खोजी कार्य गर्दा महिलाको शव भेटिएको प्रहरी ईन्चार्ज सिक्देलले बताए । बाघको आक्रमणबाट मृत्यु भएकी महिलाको शव पेष्टमार्टमका लागि भेरी अस्पताल नेपालगन्जमा ल्याइएको छ ।
राप्ती सोनारी गाउँपालिका वडा नम्बर–४ को जंगलमा केहीदिन यता पाटेबाघ देखा परिरहेको स्थानीय बासिन्दा बताउँछन् ।
यही बुधबार पनि राप्तीसोनारी–४ नयाँबस्तीकी ३० बर्षिया दूर्गा थारुलाई कोल्टेपानी जंगलमा पात टिप्ने क्रममा बाघले आक्रमण गरेको थियो । सो बेला दुर्गाले बोकेको खुर्पाले बाघलाई प्रहार गर्दा उनी बाँच्न सफल भएकी थिइन् ।
बाँकेमा तीन महिनाको अवधिमा मात्रै बाघको आक्रमणबाट यो सहित ३ जनाको मृत्यु भइसकेको छ ।
थप समाचार
बैजापुरको कोल्टेपानीमा पात टिप्न गएकी दुर्गालाई बाघले झम्ट्यो
फत्तेपुर क्यामपस प्रमुख बटालालाई बाघले झम्ट्यो
बाँकेको नरैनापुरमा बाघले मान्छे खायो, स्थानीय त्रसित
मान्छे खाने पाटेबाघ निकुञ्जले समाउन सकेन
बाँकेपछि दाङको रिहार–अमिलिया सडकमा चितुवा र बाघको समूह फेला पर्यो
पाटेबाघले मान्छे घेरेपछि ज्यान बचाउन रुखमा
बर्दियामा बढ्दो बाघ आक्रमण : २३ जनाको मृत्यु, २५ जना घाइते
बाँके र बर्दिया कम्प्लेक्समा चार वटा ब्लक विभाजन गरि बाघ गणना गरिदैँ
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो
संसारभरि उद्धार भइरहेको छ, त्यही कुरा प्रधानमन्त्रीले छैन भन्नुभयोस् सांसद शाही
बालेनका ‘फटाफटा’ २५ मिनेट
मंसिर २१ देखि समानान्तर महाधिवेशन गर्दै देउवा समूह