प्रधानन्यायाधीश जबराको अवकाश


प्रधानन्यायाधीश जबराको अवकाश

File Photo

नेपालगन्ज २७ मंसिर : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको आज(मङ्गलबार) देखि कार्यकाल सकिँदैछ । विसं २०७५ पुस १८ गते उनले पद तथा गोपनियताको शपथ लिएर कार्यभार सम्हालेका थिए ।

प्रधानन्यायाधीश भएको सुरुको अवधिमा ‘न्यायालयको शुद्धीकरण’ को अभियान सुरु गरेका जबरामाथि न्यायापालिकामा विचलन ल्याएको लगायत विभिन्न आरोप लगाउँदै २०७८ फागुन १ गते प्रतिनिधिसभामा महाभियोग दर्ता भएको थियो । महाभियोग निष्कर्षमा पु¥याउन समय लगाएर आफूलाई अन्याय गरेको दाबीसहित यही मङ्सिर २० गते उनले संसद सचिवालयमा महाअभियोग निष्प्रभावी भएको पत्र माग गर्दै निवेदन दिएका थिए । मागअनुसार संसद् सचिवालयले २१ गते पत्र दिएको थियो ।

संसद् सचिवालयको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन प¥यो । सर्वोच्च अदालतले शुक्रबार उक्त पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो । त्यसपछि जबराले अदालतमा गएर निलम्बन फुकुवा भएर कामकाज गरेर अवकाश लिने ईच्छा पूरा हुनसकेन ।

जबरा निलम्बनमा परेपछि कायममुकायम प्रधानन्यायाधीशका रुपमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्कीले काम गरिरहेका छन् । अब प्रधानन्यायाधीशको रोलक्रममा कार्की छन् । प्रधानन्यायाधीश हुने योग्यता पुगेका व्यक्तिको नाम न्याय परिषद्ले संवैधानिक परिषद्मा पठाउँछ ।

Kanti Aarogya Hospital Nepalgunj

संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशका लागि संसदीय समितिमा सुनुवाइका लागि नाम सिफारिस गर्छ । संसदीय समितिको सुनुवाइबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधान्यायाधीश नियुक्ति गर्ने कानूनी व्यवस्था छ । न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले संवैधानिक परिषद् गठन र संसदीय सुनुवाइ समिति तय हुन समय लाग्ने भएकाले प्रक्रिया पनि सोही अनुसार अघि बढ्न सक्ने बताए ।

६५ वर्षे उमेरहदका कारण मंगलबार अपराह्नदेखि अवकाश पाएका निवर्तमान प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायपरिषदको अभिलेख अनुसार, २८ मंसिर २०१४ सालमा जन्मेका हुन् । जबरा बुधबारदेखि ६५ वर्ष पूरा भएका छन् । संविधानमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशको उमेरहद ६५ वर्ष भन्ने उल्लेख भएका कारण उनी प्रतिनिधिसभामा महाभियोग विचाराधीन रहेकै अवस्थामा अवकाश भए ।

थप समाचार

‘नजरबन्द’मा चोलेन्द्र

चोलेन्द्रको वैयक्तिक स्वतन्त्रता, आवतजावत र गोपनीयताको हकको सम्मान गर्न आयोगको आग्रह

चोलेन्द्रको पीएसओ र सरकारी गाडी खोसियो

सत्तारुढ दलका सांसदहरुले महाअभियोग दर्ता गरेसँगै प्रधानन्यायाधीश निलम्बन

प्रधानन्यायाधीशको अडानका अगाडी बार ‘नतमस्तक’, ‘अल्टिमेटम’ सकियो राजीनामा आएन

बारको ‘अल्टिमेटम’मा प्रधानन्यायाधीशको राजीनामा नआएपछि प्रधानमन्त्री र दलहरुलाई लिखित ध्यानाकर्षण गराइने

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन नेपाल बारको अल्टिमेटम, चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

म राजनीनामा दिन्न : प्रधानन्यायाधीश जबरा

सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्यायालय बच्दैन, म राजीनामा दिन्न : प्रधानन्यायाधीश जबरा

प्रधानन्यायाधीश जबरालाई विवादमा ल्याउने मुख्य कारण यो हो

प्रधानन्यायाधीश बन्ने लहडमा चोलेन्द्रलाई विवादमा तानियो

प्रधानन्यायाधीशलाई सर्वोच्च प्रवेशमा रोक्न बार फेरि असफल

को हुन् प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा ?

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर राणा सिफारिश