बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति १३ मानवअधिकार तथा पेशागत संघसस्थाको भत्सर्ना


सेतोखरी सेतोखरी   शुक्रबार, चैत २३, २०८०
बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति १३ मानवअधिकार तथा पेशागत संघसस्थाको भत्सर्ना

नेपालगन्ज २३ चैत्रः जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) सुवासचन्द्र बोहराले सेतोखरी डटकम र सद्भाव दैनिकका सम्पादक दामोदर भण्डारीलाई समाचार नलेख्न धम्की दिएको घटनाप्रति बाँकेका १३ वटा मानव अधिकारवादी तथा पेशागत संघसंस्थाले ध्यानाकर्षण भएको जनाएका छन् । नेपालगन्जमा शुक्रबार संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

यो पनि पढ्नुहोस्: बाँके एसपी बोहरामाथि छानविन गर्न प्रदेश प्रहरीद्वारा समिति गठन

समाचारका बारेमा चित्त नबुझे कानूनी प्रक्रियामा जान सकिने उपायहरु हुँदा–हुदै धम्की दिनु गलत भएको उनीहरुको धारणा छ ।

यो पनि पढ्नुहोस्: बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति युनियन, चौतारी, सेन्टर र प्रगतिशिलले निकाले प्रेस विज्ञप्ती

Kids Festival 2022
kanti aarogya hospital

‘नागरिकको शान्ति सुरक्षा जीउधनको सुरक्षा गर्ने राज्यको दायित्व भएकाले अध्यक्ष दामोदर भण्डारीको सुरक्षाको प्रत्याभुती गर्न प्रहरी प्रशासनलाई अनुरोध गर्दै संविधान तथा कानून प्रदत्त अधिकारको संरक्षणका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौं,’ विज्ञप्तीमा भनिएको छ । 

सेतोखरी डटकम र सद्भाव राष्ट्रिय दैनिकमा चैत्र २० गते ‘बाँकेका एसपी सुबास बोहराले तस्करबाट यसरी उठाउँछन् पैसा’ र चैत्र २२ गते ‘तस्करबाट रकम उठाउने बाँके एसपी सुवास बोहराको ‘कोर टिम’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

यो पनि पढ्नुहोस्: समाचार नछाप्न भन्दै बाँके एसपी बोहराले सम्पादक भण्डारीलाई धम्की दिए

‘नागरिकको शान्ति सुरक्षा जीउधनको सुरक्षा गर्र्ने राज्यको दायित्व भएकाले अध्यक्ष भण्डारीको सुरक्षाको प्रत्याभूतीको प्रबन्ध गर्न गराउन प्रहरी प्रशासनलाई अनुरोध गर्दै संविधान तथा कानून प्रदत्त अधिकारको संरक्षणका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछौ’  उक्त विज्ञप्तीमा भनिएकोछ। 

यो पनि पढ्नुहोस्: हत्या र अपराधले आक्रान्त बाँके, सकेनन् एसपी बोहराले नियन्त्रण गर्न

नेपाल बार एशोसिएशनका निर्वतमान उपाध्यक्ष वरीष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठ, नेपाल उच्च बार एशोसियशन नेपालगन्जका अध्यक्ष चित्रबहादुर शाही, नागरिक समाज बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक भोला महत, एड्भोकेसी फोरम लुम्बिनी प्रदेश कार्यालय नेपालगन्जका संयोजक बसन्त गौतम, सूचना तथा मानव अधिकार अनुसन्धान केन्द्र बाँकेका अध्यक्ष विश्वजीत तिवारी, मानवअधिकार एलाइन्स केन्द्रिय समिति सदस्य प्रभात ठकुरी, फियान नेपालका संयोजक सुरेश गौतम, सामाजिक लोकतन्त्र अध्ययन केन्द्र बाँकेका अध्यक्ष बलबहादुर चन्द, कानून पत्रकार समाजका अध्यक्ष अधिवक्ता लोकबहादुर शाह, अधिवक्ताहरु विकास आचार्य, सुनिता शर्मा र हिराबहादुर श्रेष्ठद्वारा संयुक्तरुपमा उक्त विज्ञप्ती जारी गरिएको थियो ।

यो पनि पढ्नुहोस्: बाँके प्रहरी अबैध रकम असुली धन्दामा, तस्करी र अवैध आयात ह्वात्तै बढ्यो

Banke_Adhikarbadi_bigepti1712325164.jpg