बालेगाउँ गौहत्या प्रकरणः तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिदैँ

दोषीको पहिचान गरि कारवाही गर्न धार्मिक सद्भाव समितिको माग


सेतोखरी सेतोखरी   सोमबार, वैशाख १०, २०८१
बालेगाउँ गौहत्या प्रकरणः तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिदैँ

नेपालगन्ज १० वैशाख : नेपालगन्ज उपमहानगरपालिका–१४ भवनियापुरमा गौहत्या गरेको आरोपमा तीन जनालाई बाँके प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको छ । 

गौहत्या गरेको आशंकामा तीन जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाइएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

यो पनि पढ्नुहोस् नेपालगन्जमै निर्धक्क काटिन्छ गाई : ५ महिनाको गर्भवती गाई काटेर मासु लगियो

‘विगतमा त्यसखाले गतिविधिमा संलग्न रहेका तीन जनालाई आज नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएकाछौं’ डिएसपी डाँगीले भने–‘केही शंकास्पदलाई पनि छिटै नियन्त्रणमा लिएर अनुसन्धान गर्छौं ।’

Kids Festival 2022
kanti aarogya hospital

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१४ बालेगाउँका श्रवण कुमार सिंहको ५ महिनाको गर्भवती गाई आईतबार विहान मेरो प्लानेटको दक्षिणपश्चिम खेतमा काटिएको अवस्थामा भेटिएको थियो । स्थानीय डाँफे इग्लिस मिडियम स्कुलका प्रिन्सिपल समेत रहेका श्रवणको ५ महिनाको गर्भवती गाई अज्ञात समुहले काटि मासु लिएर गएका थिए ।

यो पनि पढ्नुहोस् बाँकेमा कहिलेसम्म काटिने राष्ट्रिय जनावर गाई ?

गाई नेपालको राष्ट्रिय जनावर हो । बहुसंख्यक हिन्दूहरुको आस्थाको धरोहर हो । तर, बाँकेको सदरमुकाम नेपालगन्जसहित विभिन्न स्थानमा गाई र गोरु निर्वाधरुपमा काटि यसको मासु नेपालगन्ज र विभिन्न जिल्लाहरुमा निर्वाधरुपमा ओसारपसार हुनेगर्छ ।

यो पनि पढ्नुहोस् नेपालगन्जमै निर्धक्क काटिन्छ गाई : १६० किलो गाईको मासुसहित दुई पक्राउ

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेल, बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्की, नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, १४ नम्बर वडा अध्यक्ष मजहर अली साई, ८ नम्बर वडा अध्यक्ष रजनीश बाजपायी, १४ वडाका वडा सदस्यहरु सन्तोष कुमार मिश्रा र राकेश कुमार भाट घटना स्थल पुगेका थिए । घटना स्थल पुगेका उनीहरुको रोहवरमा काटिएको गाईलाई जेसिभी लगाएर पुरिएको थियो ।

gyapanpatra_gau_hatya_npj-1713779136.jpg
 

यसैबीच, नेपालगन्जमा विद्यमान धार्मिक तथा सामाजिक सद्भाव विथोल्न खोज्नेलाई तत्काल कारवाही गर्न धार्मिक तथा सामाजिक सद्भाव समिति नेपालगन्जले माग गरेको छ । नेपालगन्ज उपमहानगरपालिका– १४ बालेगाउँमा भएको गौहत्यामा संलग्नको पहिचान गरि तत्काल कारवाही गर्न समितिले माग गरेको हो ।

यो पनि पढ्नुहोस् खजुरामा गाई काटेर भाग लगाउँदै गर्दा दुई जना पक्राउ

धार्मिक एवम् सामाजिक सद्भावका लागि समितिले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेललाई भेटेर सोमबार ज्ञापनपत्र बुझाएको छ । धार्मिक संहिष्णुताले मात्र सभ्य एवम् मर्यादित समाज निर्माण हुने बताउँदै समितिले धार्मिक तथा सामाजिक सद्भावमाथि खलल पुर्याउन खोज्ने जो कोहीलाई कारवाही गर्न माग गरेको छ ।

यो पनि पढ्नुहोस् नरैनापुरबाट गाई काट्ने दुईजना मासुसहित पक्राउ

नेपालगन्ज उपमहानगरपालिका– १४ मा भएको गौहत्यामा संलग्नहरुलाई कारवाही गर्न माग गर्दै समितिले कुनै व्यक्ति विशेषले गरेको अपराधलाई जोडेर समग्र समुदायलाई लक्षित नगर्न आग्रह गरेको छ । ‘ब्यक्ति विशेषले गरेको अपराधलाई सिंगो समुदायलाई जोड्नु गलत हो । अपराध गर्ने ब्यक्ति कुनै धर्म र समुदायको हुन सक्दैन,’ समितिले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ । 

यो पनि पढ्नुहोस् बाँकेमा गाई काट्नेक्रम रोकिएन, ७ किलो गाईको मासुसहित ३ जना पक्राउ