फत्तेपुरबाट मान्छे खाने बाघ ‘डार्ट’ गरि नियन्त्रणमा लिइयो


फत्तेपुरबाट मान्छे खाने बाघ ‘डार्ट’ गरि नियन्त्रणमा लिइयो

File Photo

नेपालगन्ज १८ फागुन : बाँकेको राप्तीपारी शृङ्खलाबद्ध आक्रमण गरि मान्छे खाने पाटेबाघ नियन्त्रणमा लिइएकोछ । राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ फत्तेपुरस्थित राप्ती पीडित सामुदायिक वनमा बुधबार बिहान उक्त बाघलाई ‘डार्ट’ गरि नियन्त्रणमा लिइएको हो ।

डिभिजन वन कार्यालय बाँकेका प्रमुख ददिलाल कँडेलका अनुसार फत्तेपुरस्थित सिक्टाको पुर्वी नहर पारी राप्ती पीडित सामुदायिक वनभित्रबाट बुधबार विहान बाघलाई नियन्त्रणमा लिइएको हो ।

बाघलाई नियन्त्रणमा लिन उक्त स्थानमा बाघको आहाराका लागि विगत १२ दिनदेखी पाडो बाँधेर राखिएको थियो । बाघले पाडोलाई मङ्गगलबार शिकार गरेकोमा बुधबार बिहान नियन्त्रणमा लिन सफल भएको डिभिजन वन कार्यालय बाँकेले जनाएकोछ ।

पाडोलाई शिकार गरी मासु खान आएको बाघलाई राष्ट्रिय प्रकृती संरक्षण कोषका प्राविधिक, डिभिजन वन कार्यालय, बाँके राष्ट्रिय निकुञ्ज, स्थानीय वन उपभोक्ता लगायतको टोलीले नियन्त्रणमा लिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

बाघले यही फागुन ७ गते प्रजातन्त्र दिवसका दिन राप्तीसोनारी गाउँपालिका वडा नम्बर–६ निवासी अन्दाजी ६० वर्षका धनबहादुर चलाउनेलाई आक्रमण गरेर मारेको थियो । त्यसपछि बाघ नियन्त्रण गर्नका लागि उक्त स्थानमा आहारा राखिएको थियो ।

उक्त घटना लगत्तै भोलीपल्ट फागुन ८ गते पनि पुनः राप्तिसोनारी गाउँपालिका वडा नम्बर– ७ फत्तेपुरस्थित झगडिया गाउँका २८ वर्षीय वकिल गद्दीलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

बाघले यसअघि फत्तेपुर–६ निवासी ३० वर्षीया चाँदनी थारु र राप्तीसोनारी–४ पर्सोनाकी ५३ वर्षीया लिला बिष्टलाई पनि आक्रमण गरेर मारेको थियो । यस्तै यसअघि बाघ आक्रमणमा परि राप्तीसोनारी गाउँपालिका वडा नम्बर–१ गाभर र नरैनापुरमा पनि एक/एक जनाको ज्यान गइसकेकोछ ।

बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा गरी ६ महिनाभित्र बाघले पाँच जनाको ज्यान लिएपनि नियन्त्रणमा लिन सकिएको थिएन । बाघ नियन्त्रणमा नआउँदा स्थानीय बासिन्दाले आक्रोश पोख्दै आएका थिए ।

यसअघि पनि निकुञ्जले मान्छे खाने बाघलाई डार्ट गरि नियन्त्रणमा लिने प्रयास गरेको थियो । राप्तीसोनारीको गाभर क्षेत्रमा गत भदौ पहिलो साता राखिएको बाघको आहारा पाडो बाघले सुटुक्कै खाएको थियो । त्यसको केही महिनापछि राप्तीसोनारी गाउँपालिकाको फत्तेपुर क्षेत्रमा बाघ आक्रमण बढेको थियो । सोक्रममा बाघलाई नियन्त्रणमा लिन आहाराका रुपमा पाडो समेत राखिएको थियो । तर, सोक्रममा बाघले पाडो खाएको थिएन ।

थप समाचार

पुषमै बाघ आक्रमणको ५ घटना, २ जनाले अनाहकमा ज्यान गुमाए

बाघ आक्रमणको घटना : बाँकेदेखि कैलालीसम्म २८ जनाको मृत्यु

बाघ गणनामा प्रयोग गरिएका करिब ७ लाखका १७ वटा क्यामेरा चोरी

मान्छे खाने बाघको पाइला पछ्याउँदै प्राविधिक सहितको टोली

मान्छे खाने बाघले ‘पाडो’ रुचाएन, ‘डार्ट’ गरि बाघ समाउने प्रयास असफल बन्दै

मान्छे खाने बाघले निकुञ्जले राखेको पाडो सुटुक्क खायो

मान्छे खाने बाघ नियन्त्रणका लागि राप्तीपारी भुवरभवानीमा विशेष पूजा

मण्डफवा जङ्गलमा बाघसँग लडेर बाँचेका ‘वकिल’