बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति कडा शब्दमा पत्रकार महासंघको भत्सर्ना, चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी   


सेतोखरी सेतोखरी   शुक्रबार, चैत २३, २०८०
बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति कडा शब्दमा पत्रकार महासंघको भत्सर्ना, चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी   

नेपालगन्ज २३ चैत्र : जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख(एसपी) सुवासचन्द्र बोहराले सेतोखरी डटकम र सद्भाव दैनिकका सम्पादक दामोदर भण्डारीलाई समाचार नलेख्न धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ बाँके शाखाले एक विज्ञप्ती जारी गर्दै घटनाको कडा शब्दमा भत्सर्ना गरेको छ । 

यो पनि पढ्नुहोस्: बाँके एसपी बोहरामाथि छानविन गर्न प्रदेश प्रहरीद्वारा समिति गठन

सचिव कमल डाँगीद्वारा जारी विज्ञप्तीमा पदीय जिम्मेवारी विर्सिएर शक्तिको आडमा समाचारको विषयलाई लिएर पत्रकारलाई हतोत्साहित गर्ने र आतंकित पार्ने बोहराको कदमको कडा शब्दमा भत्र्सना गरिएको हो ।

यो पनि पढ्नुहोस्: बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति युनियन, चौतारी, सेन्टर र प्रगतिशिलले निकाले प्रेस विज्ञप्ती

Kids Festival 2022
kanti aarogya hospital

यो पनि पढ्नुहोस्: बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति १३ मानवअधिकार तथा पेशागत संघसस्थाको भत्सर्ना

सेतोखरी डटकम र सद्भाव राष्ट्रिय दैनिकमा चैत्र २० गते ‘बाँकेका एसपी सुबास बोहराले तस्करबाट यसरी उठाउँछन् पैसा’ र चैत्र २२ गते ‘तस्करबाट रकम उठाउने बाँके एसपी सुवास बोहराको ‘कोर टिम’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।

यो पनि पढ्नुहोस्: समाचार नछाप्न भन्दै बाँके एसपी बोहराले सम्पादक भण्डारीलाई धम्की दिए

‘सञ्चारमाध्यममा प्रकाशित हुने समाचारप्रति चित्त नबुझे या कुनै गुनासो भएको खण्डमा त्यसउपर कानूनी उपचारमा जानसकिने स्थापित पद्धति र प्रावधान छ । त्यसलाई बेवास्ता गर्दै बोहराले पत्रकारलाई धम्की दिनु प्रेस स्वतन्त्रतामाथिको ठाडो प्रहार हो । महासंघ शक्तिको आडमा यसरी  पत्रकार धम्क्याउने प्रहरी उपरीक्षक बोहरालाई कानून बमोजिम  कारबाही गर्न र बाँकेमा बढ्दो पत्रकार माथिको असुरक्षाका सम्बन्धमा आधिकारिक धारणा सार्वजनिक गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ’ महासंघ बाँके शाखाले सार्वजनिक प्रेस विज्ञप्तीमा उल्लेखछ ।

यो पनि पढ्नुहोस्: हत्या र अपराधले आक्रान्त बाँके, सकेनन् एसपी बोहराले नियन्त्रण गर्न

‘अन्यथा महासंघ संविधानले सुनिश्चित गरेको प्रेसको अधिकारको सम्मान र प्रेस स्वतन्त्रताविरोधी यस्ता कार्य विरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने छ’ महासंघ बाँके शाखाले विज्ञप्तीमार्फ अगाडी भनेको छ ।  

यो पनि पढ्नुहोस्: बाँके प्रहरी अबैध रकम असुली धन्दामा, तस्करी र अवैध आयात ह्वात्तै बढ्यो