समाचार प्रभाव : सरुवा भयो बाँके एसपी सुवास बोहराको

एसपी लगायत ‘कोर टिम’ माथि छानविन जारी, नयाँ एसपीमा कार्की


दामोदर भण्डारी दामोदर भण्डारी   शनिबार, चैत २४, २०८०
समाचार प्रभाव : सरुवा भयो बाँके एसपी सुवास बोहराको

नेपालगन्ज २४ चैत्र : जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी सुवास बोहराले प्रहरी लगाएर पैसा उठाएको समाचार सेतोखरी डटकम र सद्भाव दैनिकमा प्रकाशित भएपछि एसपी बोहराको सरुवा भएकोछ ।

सेतोखरी डटकम र सद्भाव राष्ट्रिय दैनिकमा चैत्र २० गते ‘बाँकेका एसपी सुबास बोहराले तस्करबाट यसरी उठाउँछन् पैसा’ र चैत्र २२ गते ‘तस्करबाट रकम उठाउने बाँके एसपी सुवास बोहराको ‘कोर टिम’ शीर्षकमा समाचार प्रकाशित भएको थियो । 

यो पनि पढ्नुहोस्: बाँके एसपी बोहरामाथि छानविन गर्न प्रदेश प्रहरीद्वारा समिति गठन

समाचार प्रकाशित भएको ४ दिनमै प्रहरी प्रधान कार्यालयले कारबाही गरि एसपी बोहरालाई बाँकेबाट तानेकोछ । चैत्र २३ गते शुक्रबार राती उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेबाट तानेको हो । 

Kids Festival 2022
kanti aarogya hospital

यो पनि पढ्नुहोस्: बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति युनियन, चौतारी, सेन्टर र प्रगतिशिलले निकाले प्रेस विज्ञप्ती

यसैगरी एसपी बोहराले पैसा उठाएको विषयलाई लिएर लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले एसएसपी रमेश कुमार बस्नेतको संयोजकत्वमा छानविन समिति बनाई एसपी बोहरा लगायत पैसा उठाउन उनको ‘कोर टिम’माथि छानविन अगाडी बढाएकोछ । एसपी बोहराको सरुवा भएपनि उनीमाथि छानविन भने जारी रहनेछ ।

यो पनि पढ्नुहोस्: समाचार नछाप्न भन्दै बाँके एसपी बोहराले सम्पादक भण्डारीलाई धम्की दिए

एसपी बोहराको ठाउँमा जिल्ला प्रहरी कार्यालय बाँकेमा एसपी तुलबहादुर कार्कीलाई प्रहरी प्रधान कार्यालयले काज सरुवा गरेको छ । नेपाल प्रहरी केन्द्रिय विशेष कार्यदल काठमाण्डौँबाट कार्कीलाई बाँके प्रहरी प्रमुखमा काज सरुवा गरिएको हो । 

समाचार लेखेको विषयमा सम्पादक दामोदर भण्डारीलाई धम्की दिएपछि उनको सर्वत्र भत्सर्ना भइरहेको थियो । 

नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष समेत रहेका सेतोखरी डटकम र सद्भाव दैनिकका सम्पादक भण्डारीलाई एसपी बोहराले धम्की दिएपछि नेपाल पत्रकार महासंघ बाँके शाखा, पत्रकारका विभिन्न संघसंगठन, १३ वटा मानवअधिकारबादी संघसंस्था तथा पेशागत संघसंस्थाले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्दै एसपी बोहराको धम्कीको भत्सर्ना गरेका थिए।

यो पनि पढ्नुहोस्: बाँके एसपीले सम्पादक भण्डारीलाई दिएको धम्कीप्रति १३ मानवअधिकार तथा पेशागत संघसस्थाको भत्सर्ना

बाँकेका विभिन्न तस्करबाट रकम उठाउन एसपी बोहराले छुट्टै ‘कोर टिम’ बनाएका थिए । 

अपराध नियन्त्रण, सूचना संकलनका लागि राखिएको ‘कोर टिम’ले त्यसो नगरी तस्करहरु को–को छन् र मालसामान तस्करी कसरी हुन्छ पत्ता लगाउने, डिल गर्ने अनि रकम उठाउने काम गर्ने गरेको थियो ।

तस्कर लगाएत बाँके जिल्लाभरीको विभिन्न क्षेत्रको रकम उठाउने एसपी बोहराले ‘कोर टिम’को आर्थिक मुख्य योजनाकारमा बरीष्ठ सई माधव रिजाललाई राखेका थिए । रकम उठाउनेका कमाण्डर भने बरीष्ठ सई सुशील रावल थिए । त्यसपछि फिल्डमा रकम उठाउने हवल्दार निरक विक र जवान दीपक बोहरा रहेका थिए ।

सुशील, निरक र दीपक मिलेर तस्करबाट उठाएको रकम बरीष्ठ सई माधव मार्फत एसपी बोहरा समक्ष पु¥याउँथे । बरीष्ठ सई माधवले तस्करबाट मात्र नभइ अन्य क्षेत्रबाट संकलन भएको रकम पनि बाँडफाँड गर्दै एसपी बोहरा समक्ष पु¥याउँथे ।

यो पनि पढ्नुहोस्: हत्या र अपराधले आक्रान्त बाँके, सकेनन् एसपी बोहराले नियन्त्रण गर्न

‘उठेको पैसा त्यो त एसपी लगायत सबैतिर पुग्छ । त्यो त तपाईलाई थाहा भएकै कुरा हो । च्यानलवाईज तलबाट उठाएको पैसा थोरै–धेरै सबैलाई पुग्छ ।’ माधवले भने ‘उठेको पैसा एसपी सम्म नपुग्ने भन्ने नै हुँदैन । पैसा उठाएपछि एसपीलाई थाहा नहुने त्यस्तो पनि कहाँ हुन्छ ।’  वरीष्ठ सई माधव रिजाल अहिले कालिकोट छन् । उनी बाँकेमा हुँदा आर्थिक सबै आफैले हेर्थे भने कालिकोट गएपछि हरेक महिना नेपालगन्ज आइ ‘कोर टिम’का सदस्यले उठाएको रकम बुझ्ने गर्थे ।

उनको पैसा उठाउने ‘कोर टिम’ले आफ्नो जागिर धरापमा राखेर एसपीका लागि रकम उठाउने गरेको बताउँछन् । उनको ‘कोर टिम’का सबै सदस्यले एउटै प्रतिक्रिया छ ‘एसपी सावका लागि तस्करबाट हामीहरुले पैसा उठाउने गरेका छौं ।’

यो पनि पढ्नुहोस्: बाँके प्रहरी अबैध रकम असुली धन्दामा, तस्करी र अवैध आयात ह्वात्तै बढ्यो